२०६९-१०-२७
प्रणप सुबेदी ,काठ्माण्डौ
छोरीको पास्नीमा पनि आएनन नायक निखिल उप्रेती
नायिका संचिता लुइटेलको गर्भबाट जन्मिएको दोस्रो सन्तान छोरी सहिसाको आज सनिबार राजधानीमा भब्य कार्यक्रमका बीच पास्नी अर्थात भात खुवाई गरियो । नेपालि चलचित्रका नाम चलेका कलाकारहरु लगायत संचिताको आफन्तको पनि उपस्थिति रहेको पास्नीमा सहिसाको पिता अथवा संचिताको पति निखिलको भने उपस्थिति रहेको थिएन । पास्नीमा बुबा निखिल उपस्थित हुन नसक्नुको कारण भने निखिलको हाल मुम्बैमा सुटिङ रहेकोले उनि आउन नशकेको परिवार स्रोतले बताएको छ ।
"आजको कार्यक्रमको लागी सम्पूर्ण तयारि गरेर मैले उहाँलाई बोलाएको थिए तर उहाँको सुटिङ परेकोले आउन सक्नु भएन र अब उहाँ अर्को सनिबार मात्र आउँनु हुन्छ" संचिताले भनिन ।

0 comments:
Post a Comment