२०६९-११-१२
फिल्मी अपडेट ,काठ्माण्डौ
"छड्के" को प्रारम्भिक प्रतिक्रिया – "राम्रो छैन"
फिल्म राम्रो भएको हल्ला र कान्तिपुरले "नचल्दै हिट" भनेर हल्ला फिंजाएको भरमा पहिलो शोमा मारामार चलेको फिल्म हेरेर बाहिर निस्कने दर्शक भने निराश देखिन्थे । दर्शकहरुको भिडका कारण फिल्म हलहरुले थप हलमा नेपाली फिल्म लगाएका समाचार पनि आएका थिए ।

बहुचर्चित र बढी आश गरिएको फिल्मबाट आश गरेकोजति खुराक प्राप्त हुने सम्भाबना न्यून हुन्छ । पहिलो शो हेरेका दर्शकको प्रतिक्रिया हेर्दा यस फिल्ममा दर्शकको बाढी आशा हुनुका कारण दर्शकको चित्त बुझाउन गाह्रो भएको हो कि भन्ने शंका गर्ने प्रशस्त ठाँऊ छ ।

फिल्म हेर्ने मध्येका एक कान्तिपुर पत्रकार, बिदुर खतिवडाका अनुसार "छड्के" मा आवश्यकता भन्दा बढी पात्र छन् र ती पात्र बीचको समन्वयको पनि कमी छ । खतिवडाले आफ्नो टाउको दुखेको बताउदै भने, "म व्यक्तिगत रुपमा छड्के नहेर्ने सल्लाह दिन्छु ।"
तेस्तै, अर्को कान्तिपुरकै पत्रकार सुब्रत आचार्यले पनि फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।
केही समय अघि रिलिज भएको ‘हाइवे’बाट पनि दर्शकले अलिक बढिनै आशा गरेको र कथा बुझ्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए । अहिलेको प्रतिक्रिया हेर्दा यो फिल्म पनि तेस्तै हुने त होइन भन्ने शंका गर्न सकिन्छ !
ल हेरौं केहि अनलाइन प्रतिक्रिया (यी नराम्रा बढी छन् किनकि राम्रो लाग्नेले प्राय: प्रतिक्रिया दिन केही समय कुर्छन)
दिनको शुरुवात धेरै राम्रो:
राम्रो भन्नेहरु



निराश हुनेहरु (अपडेट)
‘छडके’ चलचित्रमा के के न होला भनेर चलचित्र हलमा हेर्न गएको । हात्ती आयो आयो फुस्सा भने जस्तो भयो । कुनै पनि चलचित्रले न्युनतम पनि शिक्षा, समाजिक ज्ञान्, परिवर्तित संस्कारको प्रभाव्, मानव जीवनसँग समान्धित त हुनुपर्छ – ‘छडके’ चलचित्रमा त्यसप्रकारको कुनै चिज भेटाउन सकिएन । समाजिक सन्जाल लगाएत केहि मिडियामा निकै प्रचारित यो चलचित्र केवल नाफा कमाउनको लागी प्रचार गरिएको रहेछ । चुरोट मात्र जीवन होइन र अहिले सबै मानिस चुरोटमा मात्र छैनन, सबै तस्कर र अपराधमा पनि सङ्लग्न छैनन । तर चलचित्रले एउटा पनि मुख्य निश्कर्ष दिन सकेको छैन । मलाई त यस्तो लाज्ञो कि रु ५० र ३ घण्टा समय ब्यर्थ खेर गयो ।




श्रोत http://xnepali.net/np/1251
0 comments:
Post a Comment