123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:40 AM
0


२०६९-११-१५
प्रणप सुबेदी ,काठ्माण्डौ

नायिका रेजिना उप्रेती बिबाहको लागि तयार / उनले भनिन "माग्न आए हुन्छ घरमा" 
नेपालि चलचित्रको रंगिन पर्दामा लामो समय देखि स्थापित नायिकाको ट्याग भिरेकी र सुन्दरी नायिका भनेर चिनिएकी नायिका रेजिना उप्रेती आज चार महिना पछि मिडियाको सामु देखापरिन र उनले मिडिया माझ नै एउटा कुराको पनि खुलाशा गरिन ।

नायिका रेजिना उप्रेती बिगत चार महिना देखि लण्डनमा थिइन र उनले त्याहाँ बस्दाको क्रममा लण्डनका बिभिन्न सहरहरुमा आफ्नो चलचित्र "बरदान" को शो गरेकी थिइन् र आज मात्र उनि चार महिना पछि मिडिया माझ सार्बजानिक भएकी हुन ।
राजधानीको सुन्धारा इस्थित एक हलमा चलचित्र "बरदान"को युनिट द्वारा आयोजित  पत्रकार सम्मेलनमा नायिका रेजिना उप्रेती देखिएकी थिईन ।  स्मरण रहोस "बरदान" नायिका रेजिना उप्रेतीको प्रस्तुतिमा बनेको चलचित्र हो यद्दपि चलचित्र रेजिना फिल्म्स र कबिता फिल्म्सको संयुक्र ब्यानरमा बनेको हो  ।

आज आयोजित पत्रकार सम्मेलनलाई समबोधन गर्ने क्रममा नायिका रेजिना उप्रेतीले आफ्नो बारेमा पनि बोलिन "मैले लण्डनमा बिहे गरेको छैन म अझ पनि अबिबाहित छु र अब चाँही बिहे गर्छु र गर्ने बिचारमा छु  यदि कोहि इच्छुक हुनुहुन्छ भने मेरो घरमा मलाई माग्न आए हुन्छ" ।  थुप्रै मिडियाको सामु नायिका रेजिना उप्रेतीले यस्तो भनेकी थिइन् ।


नायिका रेजिना उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्र बरदान मा राजेश हमाल, करिश्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ चलचित्र अब फागुन २५ गते नेपाल लगायत बिदेशका केहि देशहरु बाट एकै साथ प्रदर्शन हुने भएको ।

0 comments: