123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:46 PM
0


२०६९-१०-२२
फिल्मी अपडेट ,काठ्माण्डौ

रेकर्ड तोड्यो विश्वरुपमले 
बलिउडमा बनेको फिल्म ‘विश्वरुपम’को हिन्दी रुपान्तरणले बलिउड बक्स अफिसमा शानदार ओपनिङ गरेको छ । समाचारका अनुसार विश्वरुपमको हिन्दी रुपान्तरणले पहिलो दिनमै १ करोड ८५ लाख भारु आम्दानी गर्न सफल भएको जनाइएको छ ।
bishwo-rupam
दक्षिण भारतको फिल्म विश्वरुपमले अभिनेता रजनीकान्तको फिल्म ‘रोबोर्ट’को रेकर्ड तोडेको बताइएको छ । प्रदर्शनको पहिलो दिननै भारी रकम आम्दानी गर्न सफल विश्वरुपमको हिन्दी रुपान्तरणले दक्षिण भारतको अहिलेसम्मकै सबैभन्दा सफल फिल्म रोबोर्टको हिन्दी रुपान्तरणको रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभिनेता तथा निर्माता कमल हसनको फिल्म विश्वरुपम प्रदर्शन अगाडि निकै विवादमा तानिएको थियो । विश्वरुपमको हिन्दी रुपान्तरण पहिलो दिन लखनउ, दिल्ली लगायत उत्तर भारतमा फिल्म हाउसफुल चलेको उल्लेख गरिएको छ ।

समाचारका अनुसार विश्वरुपमको हिन्दी रुपान्तरणमा केही आपत्तिजनक दृष्य रहेका छन् । जसलाई जस्ताको तस्तै हिन्दीमा प्रदर्शन गरिएको छ भने तमिल संस्करणमा भने उक्त दृष्यहरु हटाइएका छन् । फिल्मको प्रदर्शनलाई लिएर विवाद भएपछि तमिल संस्करणबाट ती दृष्यहरु हटाईपनि हिन्दी रुपान्तरणमा भने उक्त दृष्यहरु राखिएको जनाइएको छ । – एजेन्सी

0 comments: