२०६९-११--०१
रबि अधिकारी ,चितवनशहकर्मी
अन्तत नायिकाले नै गरिन चलचित्र "गुड लक"को निर्देशन
नेपालि कथानक चलचित्र "गुड लक" अन्तत सिर्जनाले आफै निर्देशन गरिन
गोबिन्द गौतमले निर्देशनको जिम्मा लिने भनेर निर्माणको सुरुवात गरेको चलचित्र "गुड लक"अन्तत कलाकार एबम निर्मात्री सिर्जना बस्नेत आफैले निर्देशन गरिन ।

फिल्मको सुटिङ युनिट नारायणघाट पुगेको केहि दिन सम्म पनि निर्देशक गोबिन्द गौतमलाई पर्खेर पहिला एक्शनको काम सक्दा पनि निर्देशक गोबिन्द गौतमको कुनै अत्तो पत्तो नलागेको बरु उनि भारत तिर लागेको समाचार सुन्न आएपछि मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई लिएर नायिका सिर्जना बस्नेतले "गुड लक"लाई आफैले निर्देशन गरेकी छिन ।

प्रकाश पुरीको कथामा बनेको चलचित्र "गुड लक"मा सिर्जना बस्नेतको साथमा नयाँ कलाकार नबराज श्रेष्ठ ,रबि गिरि ,रश्मी भट्ट आदिको अभिनय रहेको छ भने चलचित्रमा कुमार महर्जनको एक्शन , रामेसोर कार्कीको छायांकन तथा चेतन सापकोटाको संगीत रहेको छ ।

"यस चलचित्रमा म अलिकती घमण्डी र जिद्दी केटिको रुपमा प्रस्तुत भएकी छु र चलचित्र "गुड लक"अलिकती आउट अफ ट्र्याक चलचित्र हो।" नायिका , अभिनेत्री तथा निर्देशक सिर्जना बस्नेताले फिल्मी अपडेट सँग भनिन ।

अमेरिका बाट यसै चलचित्रमा अभिनय गर्नको लागी नेपाल आएका नब नायक नबराज श्रेष्ठ भन्छन "यो फिल्ममा आफ्नो अलि फरक भूमिका भएकोले आफुले यो फिल्ममा अभिनय गर्नकोलागी मात्र भएपनी म नेपाल आएको हुँ" उनले भने । करिब ५० लाखको लगानीमा निर्माण पुरा गर्ने लक्ष्य राखेको यस चलचित्र "गुड लक"को हाल चितवनमा धमाधाम सुटिंग भैरहेकोछ ।

0 comments:
Post a Comment