२०६९-११-१४
प्रणप सुबेदी ,काठमाण्डौ
"लभ इन चाईना बोर्डर" चैत्र ९ गते खुल्दैछ
२०६९ सालको अन्तिम तिर यानीकि चैत्र ९ देखि दर्शकहरुले दर्शकहरुले पाख्रिन फिल्मसको व्यानरमा तयार भएको अर्को नेपालि कथानक चलचित्र "लभ इन चाईना बोर्डर" हेर्न पाउने भएका छन्
चैतको दोश्री साताबाट क्यु सिस्टम मार्फत प्रदर्शन हुने चलचित्र "लभ इन चाईना बोर्डर" अल नेपाल एकैसाथ प्रर्दशनमा आउन लागेको हो ।

नेपालको सबै भन्दा अग्लो स्थान नाम्चे, लुक्ला , साङ्बोजे , सोली लगायतका स्थानमा छायांकन गरिएको चलचित्र "लभ इन चाईना बोर्डर" करिब नब्बे लाखको लगानीमा निर्माण गरिएको निर्माण पक्ष्य जानकारी गराएका छन । उदय सुव्वा निर्देशित चलचित्र "लभ इन चाईना बोर्डर" पाख्रिन फिल्मसको चौथो प्रस्तुति हो । स्मरण रहोश यस चलचित्रको एउटा गित हिट्स एफ एम म्युजिक अवार्डमा नोमिनेशनमा परेको छ । "शिरि शिरी डाडामा" बोलको गित दिपक रमणको संगितमा तयार भएको हो र येही गित नोमिनेसनमा परेको छ।

दिनेश पाख्रिन र अन्जिता किरातिको निर्माण रहेको चलचित्र "लभ इन चाईना बोर्डर" हाल चलचित्रको प्रमोसनको चाँजो पान्जोमा लागेको छ ।
सुनिल थापा , उदय सुव्वा , सुभास मेचे , निर्मल तामाङ , सोम लामा , जेनिसा केसि , दिपक क्षेत्री , प्रमोद श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ यस चलचित्रमा उनले अभिनेता सुनिल थापा लाइ पुन संगै डोहोरायेका छन् । दोन्द निर्देशन सुर्य थोकरको रहेको यस चलचित्रमा नृत्य निर्देशन को जिम्मा भने आफैले लिएका छ निर्माता पाख्रिनले ।
0 comments:
Post a Comment