२०६९-११-०४ शुक्रवार फिल्मी अपडेट ,काठ्माण्डौ
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल चलचित्र विकास बोर्ड अर्न्तगत रहेको चलचित्र विकास कोषलाई ५० लाख अनुदान दिने निर्णय भएको छ । पूर्व अध्यक्ष यादव खरेल चलचित्र विकास वोर्डमा रहंदा स्थापना भएको ‘चलचित्रकर्मी कल्याण कोष’ का लागी बाबुराम भट्टराईको सरकारले ५० लाख दिने निर्णय भएको हो ।यसअघि माधब कुमार नेपाल प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा बोर्डलाई एक एक गरि दुई करोडको निकाशा गरेको थियो । यो रकम यस अघिका प्रचण्ड र माधव नेपाल सरकारले दिएको भन्दा आधाले कम हो ।त्यहि दुई करोडको ब्याज संगै अहिले रू २ करोड ५५ हजार भएको छ र यो ५० लाख जोड्दा बोर्डको एकाउन्तमा तीन करोड ४ लाख रूपैंया हुन्छ ।
अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु' को कार्यकालमा यो रकम निकासा भए पनि पहल यसअघिका अध्यक्ष गणेश भण्डारीको पालामा नै भएको हो । अहिले भने पप्पुले सञ्चारमन्त्री राजकिशोर यादवसँग रकम निकासाको माग गरेकाले आजको मन्त्रिपरिषदको बैठकले उक्त रकम दिने निर्णय गरेको थियो ।
नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएका अशक्त फिल्मकर्मीलाई चलचित्र विकास कोषमा जम्मा भएको यो रकम ले सहयोग गर्नेछ । यो कोषबाट अहिलेसम्म जम्मा ५ जना कालाकारहरुले मात्र मासिक उपचारको खर्च गर्ने गरेको पाइएको छ ।
0 comments:
Post a Comment