123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:40 PM
0
२०६९-११-१६ राज सुबेदी  
नायिका प्रियंका कार्कीको उमेरले आजदेखि २६ औँ बसन्तमा टेकेको छ । यसै अवसरमा उनले एक रहस्य खोलेकी छिन् ।
रोचक मैनालीसँगको मागी विहेलाई आफूले डिभोर्समा परिणत गरेको एक वर्ष भएको खुलासा गरेकी हुन् । प्रियंकाले डिभोर्स गरेको हल्ला बाहिर आएपनि आज नै उनले यसलाई स्वीकारेकी हुन् ।
फिल्म 'मेरो बेष्ट फ्रेण्ड' र 'थ्री लभर्स' सकिए लगत्तै डिभोर्स गरेको प्रियंकाले बताएकी छिन् । डिभोर्स के कारणले गर्दा भयो भन्ने बारेमा प्रियंकाले खुलाउन चाहिनन् । हाल अमेरिकामा बस्दै आएका रोचक मैनालीसँग प्रेम पश्चात उनले मागी विहे गरेकी थिइन् ।
अमेरिकामा फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचकसँग प्रियंकाको भेट भएको थियो र उनीहरुले सन् २०१० जुलाई १७ मा विहे गरेका थिए ।
सम्बन्ध विग्रिएर नेपाल आएपछि भने प्रियंका अभिनयमा निकै व्यस्त छिन् ।

0 comments: