२०६९-१०-२३
प्रणप सुबेदी , काठ्माण्डौ
प्रस्तुतकर्ता दिनेश पाख्रीन मलेशिया पुगे "रुद्राक्ष " चलाउन , अब नायिका अनु शाह पनि जाने
दबंग दुई संग भिडेर पनि राम्रो ब्यापार गर्न सफल नेपालि कथानक चलचित्र "रुद्राक्ष" अब मलेसियाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

एउटा सम्पूर्ण रुपमा नेपालि कथा बोकेको नेपालि कथानक चलचित्र बिदेशमा बशेको नेपालीले पनि हेर्न पाउनु पर्छ भन्दै प्रस्तुतकर्ता दिनेश पाख्रिन गत जनवरी अन्तिममा मलेसिया पुगेका थिए ।
उनि गत ३१ तारिखका दिन मलेसिया पुगेका हुन भने उनि संगै चलचित्र को अन्य टिम पनि रहेका छन् र नायिका अनु शाह पनि अब दश तारिख का दिन तेसतर्फ़ जाने बताईएको छ ।

आगामी फेब्रुवरी ८ तारिख देखी १७ तारिख सम्म मलेसियाको राजधानी क्वालालम्पुर ,पेनाङ ,केलाङ्ग ,झोरबरु ,मुहर लगाएत मलेसियाको अन्य शहरहरुमा पनि प्रदर्शन हुने भएको छ ।

चलचित्र "रुद्राक्ष" मा रोहित कुमार , अनु शाह ,सुनिल थापा ,दिनेश पाख्रिनको प्रमुख भूमिका रहेको छ। चलचित्रका गितमा शंकर अधिकारि घायलका शव्दहरु छन भने संगित बिकाश चौधरिको रहेको छ । फरक प्रकृतिको चलचित्र निर्माण गरेका दिनेश पाख्रिन "आफू पनि नेपाली चलचित्रको एक दर्शक भएको कारण बिस्व को हरेक कुनामा रहेका दर्शकलाई सकेसम्म "रुद्राक्ष"देखाउने कोसिस गर्ने छु" उनि भन्दछन ।
0 comments:
Post a Comment