२०६९-११-१२
फिल्मी अपडेट ,काठ्माण्डौ
गायक प्रमोद खरेल ट्याक्सी दुर्घटनामा / अवस्था बारे बोलेनन चिकित्सकले
नेपाली सगितिक बजारमा जमेको र चलेको आवाज र नाम गायक प्रमोद खरेल । यिनको साङ्गितिक कारीएर खासै लामो छैन तर पनि छोटो समयमा रार्मो नाम र फ्यान कमाएका गायक प्रमोद खरेल ठुलो घटना हुन बाट बाँचे । गायक खरेल पोखरा नजिकै रहेको फेदीमा ट्याक्सी दुर्घटनामा परि घाईते भएका छन् । बाग्लुङ र पर्वतमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर पोखरा फर्कने
जाने क्रममा उनी चढेको ट्याक्सी सडक नजिकैको विजुलीको पोलमा ठोक्किएर
सडकवाट केही तल खसेको थियो ।
गायक प्रमोद खरेलको कुम र टाउकोमा चोट
लागेका छ भने उनलाई स्थानिय बाशिन्दाको सहयोगमा पोखराको चरक
अस्पतालमा उपचारआर्थ पठाईएको छ । यद्दपि उनलाई आजै
काठमाडौ फर्काईने र टाउको सिटीस्क्यान गर्नु पर्ने उपचारमा संघलग्न चिकितस्कले जानकारी दिएका छन् ।
0 comments:
Post a Comment