२०६९-११-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
राजधानिमा हुने भो मानवअधिकार अर्न्तराष्ट्रिय फिल्म महोत्सव
आगामी फागुन १० देखि १३ गते ९ सम्म राजधानीमा तेश्रो नेपाल मानवअधिकार अर्न्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । लोकतन्त्र, जनजीविका तथा मानवाधिकारका विषयमा महोत्सव केन्द्रित रहने भएको छ ।
राजधानीको भृकुटीमण्डपमा शुरु हुने महोत्सवको उदघाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायको ले गर्ने भएका छन् । ४ दिनसम्म आयोजना हुने महोत्सवमा पहिलो दिनको उदघाटन कार्यक्रम संगै कार्यक्रममा सन् २०१२ को ओस्कार विजेता वृत्तचित्र “सेभिङ फेस” को प्रदर्शनी पनि हुनेछ ।
महोत्सवको मुख्य उदेस्य भनेको राष्ट्रिय र अर्न्तराष्ट्रिय मानव अधिकार, शान्ति र सामाजिक विषयमा निर्माण भएका अमेरिका, इजरायल, इजिप्ट, नर्वे, बंगलादेश, पाकिस्तान, जापान, भारत र नेपालका फिल्महरुको प्रदर्शन गर्नु रहेको छ ।
0 comments:
Post a Comment