२०६९-१०-२९
फिल्मी अपडेट ,काठ्माण्डौ
अस्पतालको आईसियूमानै जन्मदिन मनाउने भैइन अभिनेत्री मौशमि शेन मल्लले
नेपालि चलचित्र क्षेत्रमा लामो समय देखि कार्यरत अभिनेत्री मौसमी मल्ल आईतवार राति देखि अस्पताल भर्ना भएकी छिन् । हिजो उनलाई राति उनको घर नजिकैको कलंकीमा रहेको शहिद मेमोरियल अस्पताल को आईसियूमा भर्ना गरिएको परिवार स्रोतले बताएको छ ।
उनि धेरै दिन देखि अस्वोस्थ थिइन् र आईतबार झन् बढी समस्या आएको भन्दै उनलाई अस्पताल लागिएको हो । उनले पछिल्लो समय चलचित्रकर्मीको आन्दोलनमा चिकित्शकको भनाई बिपरित अनशनमा बशेको हुनाले पनि एस्तो अबस्था आएको अनुमान गर्न सकिन्छ ।
र अर्को एउटा प्रसङ्ग आज अभिनेत्री मल्लको ४४ औं जन्म दिन हो ! "घरमा नै जन्म दिनको कार्यक्रम गर्ने योजना गरिरहदा आज नै अस्पताल भर्ना हुनु पर्यो" मौसमीले भनिन ।
स्मरण रहोश मौसमी द्वारा निर्मित र अभिनित चलचित्र "समय" नि रिलिजको क्रममा रहेको छ । यसै चलचित्र "समय" मार्फत मौशामिले आफ्नो छोरा बिक्की मल्ल लाई पनि पर्दामा उतारेकी छिन ,बिक्की चलचित्र "समय" मा नायकको रुपमा देखा पर्दैछन यद्दपि चलचित्रको रिलिज मिति भने बारम्बार सरेर अहिले फाल्गुन १९ मा पुगेको छ ।
अभिनेत्री मौसमी मल्ल लाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जन्मदिनको हार्दिक सुभकामना बेक्त गर्दैछु फिल्मीअपडेट परिवार ।

0 comments:
Post a Comment