123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:07 PM
0


२०६९-१०-२६
प्रणप सुबेदी ,काठ्माण्डौ

सुनिल रावलको "होस्टल्" आज बाट खुल्यो ,माघ २९ बाट पढाई सुरुहुने
नेपालि कथानक चलचित्र ‘होस्टेल’को आज बिधिबत रुपमा सुरवात भएको छ . राजधानीको कमलादी स्थित गणेश मन्दिरमा एक धार्मिक कार्यक्रम गरि चलचित्रको निर्माणको औपचारिक घोषणा गरिएको छ / स्मरण रहोश यस चलचित्रमा नेपालि चलचित्रका धर्मिहरुको सन्तान यानिकी दोश्रो पुस्ताको शाहभागिता रहेको छ ।



दुर्गिश फिल्म्सको दोश्रो प्रस्तुतीमा निर्माण हुने चलचित्र ‘होस्टेल’को लागी कलाकार भने सबै नयाँ रहेका छन्  तर पुराना नै हुन भन्दा फरक नपर्ने बताउछन निर्माण पक्ष्य ।

आगामी २९ गते बाट फ्लोरमा जाने यस चलचित्र "मेरो आफ्नै कथा माथी बनेको जस्तो लगेर मैले यो चलचित्रमा खेल्ने निर्णय गरेको" बताउँछन नायक भुवन के सि का छोरा अनमोल के सि ।

त्यसै गरी  "मैले यो चलचित्र मार्फत नायकको रुपमा डेब्यु गर्न लागेको छु र यो चलचित्रमा नै
डेब्यु गर्नुको पछाडी यो चलचित्रको कथा मन परेको र एस्मा मेरो रोल पनि दर्शकले चलचित्र हेरेर फर्केपछी सलोन बस्नेतालाई सम्झने छन तेसैले पनि मैले यसमा खेल्ने निर्णय गरेको हुँ " भन्छन निर्देशक शिभित बस्नेतका छोरा सलोन बस्नेत,स्मरण रहोस सलोन यस अघि बाल कलाकारको रुपमा नेपालि चलचित्रमा जमिसकेका कलाकार हुन।

लामो समय देखि नेपालि चलचित्रमा मेकप आर्टिस्टको रुपमा काम गर्दै आइरहनु भएकी बिपना बस्नेत कि छोरी रिस्ता बस्नेत पनि यसै चलचित्रबाट नेपालि चलचित्रमा डेब्यु गर्दैछिन र यसै चलचित्र बाट आउनुको पछाडी कुनै रिजन भन्ने हाम्रो प्रश्नमा नब नायिका रिस्ता बस्नेत भन्छिन  "यो चलचित्रको कथाले मलाई छोएको र यसमा मेरो रोल बोल्ड छ र दर्शकले मन पराउने भएको कारणले मैले यसै चलचित्रबाट डेब्यु गर्न लागेको हुँ "

यसै चलचित्र बाट निर्देशक हेमराज क्षेत्रीले निर्देशनमा डेब्यु गर्दैछन् ।

नेपालि चलचित्रकर्मी अथवा कलाकारका छोराछोरीको जम्बो टोली यस चलचित्र  ‘होस्टेल’को लागि फाईनल भएकाछन ।
किन नयाँ अनुहारलाई नै फिल्म मा मौका र त्यस्मा पनि कलाकारकै छोरा छोरी भने प्रश्नमा उने फिल्मी अपडेट सँग यसो भने "उनीहरुमा कलाकारीता सम्बन्धी ज्ञान पहिले देखि नै नसा नसामा पसिसकेको हुन्छ, त्यसैले मैले कलाकारका सन्तानलाई छानेको हुँ ।"


माघ २९  गतेबाट छ्याँकनमा जान लागेको चलचित्र ‘होस्टेल’ मा निर्माता सुनिल रावल विशेष भुमिकामा देखिने भएका छन् यद्दपि चलचित्रलाई हेमराज क्षेत्रीले निर्देशन गर्दैछन् ।
शिशिर भण्डारी, विजय कुँवर ,सौगात कुमार रिमाल र राजु लामा लगायत कलाकारहरुको पनि अभिनय रहने यस चलचित्रमा हरी हुमाँगाईको सिनेम्याटोग्राफी एवम अष्ट महर्जनको द्धन्द्ध रहनेछ।
यस चलचित्रको ३५ दिनमा सुटिङ प्याकअप हुने र बजेट ५० लाख भन्दा माथि रहनेछ र जेस्ट २६ गते चलचित्र रिलिजी गर्ने योजना निर्माण पक्ष्यको रहेको छ ।

0 comments: