123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:54 PM
0

सुटिङ शुरु भएको महिना दिनमै छायाँकन सकाएको चलचित्र ‘मुटु’ को हाल म्याक्स स्टुडियोमा धमाधम सम्पादन कार्य भइरहेको छ । मेरो फिल्म्री अपडेट सँग  कुरा गर्दै यसका निर्माता एवंम निर्देशक सुर्य बोहोराले भने ‘मेरो चलचित्र ‘मुटु’ एक प्रेम कथामा आधारित चलचित्र हो । प्रेम कथामा आधारित भएता पनि यो अन्य प्रेमकथा भन्दा पृथक छ । यस प्रेमकथामा आजको वर्तमान स्थितिमा युवा वर्गको बेरोजगारी समस्याले प्रेममा उत्पन्न गराउने समस्याको सेरोफेरोमा यो चलचित्र घुमेको छ ।’

यसअघि ‘अग्निपरीक्षा’ र ‘कान्छा’ जस्ता ५१ दिन मनाउन सफल चलचित्रका निर्माता, लेखक तथा निर्देशक समेत रहेका बोहोरा १२ वर्ष पछि पुन चलचित्र निर्माणमा फर्किएका हुन् । उनी यसवीच अध्ययनको सिलसिलामा अमेरिकामा थिए । मेरो सिनेमासँग थप कुरा गर्दे उनले भने ‘१२ वर्षपछि खोलो फर्किन्छ भने जस्तै म पनि चलचित्र क्षेत्रमा पुन फर्किएको हुँ’ । विमलेश अधिकारी, केकी अधिकारी, निला बस्नेत आदिको मुख्य भूमीका रहेको यस चलचित्रमा सुप्रिम शाह बालकलाकारको रुपमा देखा पर्दैछन भने मूकेश ढकाललाई एक पृथक नकारात्मक भूमिकामा देख्न सकिन्छ ।

एभरेष्ट कलायात्रा फिल्मस्को प्रस्तुतीमा विष्णु माया गुरुङ्गको सह निर्माण रहेको यस चलचित्रमा संगीत भने वसन्त सापकोटाले दिएका छन् । त्यसैगरी द्धन्द सुर्य थोकरको रहेको छ । गम्भीर विष्ट र सुरेन्द्र शाहले संयुक्त रुपमा नृत्य निर्देशन गरेको यस चलचित्रका सोलो छायाँकारको रुपमा शेर बहादुर लामाको डेब्यु चलचित्र हो । आगामी सेप्टेम्बरमा ओभरसीज रिलीजलाई टार्गेट बनाएको यस चलचित्रको कथा, पटकथा र गीत लेखन पनि स्यंम बोहोराको नै हो ।

0 comments: