123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:00 PM
0

२०६९-०२-२९ रमेश प्रधान


पुर्वान्चल को सुन्दर शहर धरान जहा लागुपदार्थ प्रयोगकर्ता हरु धरै छन कुनै समय मा त धरानलाइ लागुपदार्थको शहर सम्म पनि भनिन्थ्यो तर हाल केहि हद सम्म भए पनि लागुपदार्थको समस्या कम हुन थालेको छ । यस्तै लागुपदार्थ को बिषयबस्तु उठाइएको चलचित्र सायद ले धराने दर्शक को मन जित्न सफल भएको छ ।
सुक्रबार चलचित्र "सायद्" को टिम काठ्मान्डु बाट मोफसल प्रस्थान गरेको थियो ।
"सायद्" को टोली मा विलसन बिक्रम राइ ,सम्यम  पुरी र निर्माता सुनिल रावल पनि देस डौडहमा हिडेका छन ।
र यो सार्थक पनि भएको छ  "निर्माता सुनिल रावल भन्छन्"
फ्लिम्री अप्डेट का लागी पुर्वान्चल  सहकर्मी रमेश प्रधानआ ले पठाएको एक रिपोर्ट ।

धरानको गणेश टाकिजमा गत  शुक्रवार वाट प्रर्दशनमा आएको चलचित्र सायद ले दर्शक को मन जित्न सफल भएको छ ।  शनिवार विहानको शो मा हाउसफुलका साथमा फिल्म् चलेको थियो । वाल्कोनि हाउसफुल भएपछि काउन्टर वन्द गरीएको थियो भने अर्को काउन्टरमा टिकट काट्न भ्याइ नभ्याइ थियो भने कसैले टिकट खरिद गरी प्रतिगोटा ५० रुपैया सम्ममा विकि्र गरीरहेका थिए । जवकी शनिवार विहानि को शो मा टिकट प्रतिगोटा २५ रुपैयामा पाइन्छ ।
जेष्ठ २६ गते वाट प्रर्दशन थालेको चलचित्र सायदले काठमाण्डौ मा उत्साहजनक व्यापार पछि पुर्वमा पनि उत्साहजनक नै छ । सुरज सुव्वा नाल्वो द्धारा निर्देशित चलचित्र पुर्ण रुपमा कलेज लाइफमा घट्ने उतार चढाव र लागु औषध सेवन गर्ने युवाहरुसँग आधारीत छ । चलचित्रले विशेष गरी युवा दर्शक लाइ तानेको देखिन्छ । चलचित्रमा नवनायक सम्यम पुरी  ,झरना थापा , सुनिल रावल ,  बाबु बोगटि , करिस्मा मानन्धर आदि कलाकारको अभिनय रहेको छ । चलचित्र लाइ सुनिल रावलले निर्माण गरेका हुन ।  

0 comments: