२०६९-०३-०९
प्राणप सुबेदी
म्युजीक भिडियो तथा सिनेमा निर्देशक आलोक नेम्वाङले आफू माथि नायक तथा मोडल दिक्पाल कार्कीले लगाएको आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् । फिल्म्री उप्डेट संग कुरा गर्दै आलोकले सो चुनौती दिएका हुन् । अनि त्यसपछि मात्र आफूले त्यसको जवाफ दिने कुरा बताए । दिक्पाल बिनीता र राज प्रकरणमा विना सित्तीमा आफूलाई मु्छीएकोमा आपत्ती जनाए । कार्कीले आफूमाथि बिगत एक वर्षदेखि आलोकले यौन शोषण गर्दै आएको लिखीत उजुरी प्रहरी समक्ष दिएका थिए ।
उनले भने ‘म यो क्षेत्रमा लामो समयदेखि क्रियाशील छु । यसबाट मैले नाम कमाएको छु । मलाई थाहा छैन किन मान्छेहरु मलाई जबरजस्ती विवादमा तान्न चाहन्छन् । यो पक्कै पनि उनीहरु आफू स्वयंम चर्चामा आउनका लागि मलाई हतियार बनाएका हुन् ।’ जो व्यक्तिहरुले यो क्रियाकलाप गरीरहेका छन् उनीहरुको विगतले नै उनीहरुको चरीत्रलाई स्पष्ट पार्छ भन्दै दिक्पाल कार्कीले उ सँग आफ्नो नम्बर नभएको भन्दै मोडल एसराज लाई पठाएको एस । एम । एस । को बारेमा सुन्दा आफू अचम्मीत भएको बताए । उनले थप प्रस्ट पार्दै भने, ‘मेरो नम्बर दिक्पालले दिदी भनेकी बिनीता बरालसँग छ र केही दिन अगाडि बिनीता बराल स्वयंमले आफ्नो क्यारीयर बनाइदिएकोमा धन्यवाद भन्दै मलाई एस एम एस गरेकी छन् । र स्वयंम दिक्पालले पनि मलाई समय समयमा एस ।एम ।एस गरीरहन्थे ।
0 comments:
Post a Comment