123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:23 PM
0


२०६९-०३-१६ 
प्रणप सुबेदी

झ्याईँकुटी झ्याईँमा प्रचण्ड
आज भोली हाँस्यब्यङ्ग टेलिचलचित्रहरुले  निकै चर्चा कमाएका छन्।
विशेषगरी राजनिति प्रति तिखो ब्यङ्ग प्रहार गर्न कुनै हाँस्यब्यङ्ग टेलिचलचित्रले छोडेका छैनन्। हरेक सिरियलमा नेताहरुको क्यारिकेचर गरेर चर्चा  बटुल्ने क्रममा झ्याँइकुटी झ्याँइमा प्रचण्डको भुमिका गरेर आजभोलि हाँस्य कलाकार घनश्याम गौतमले चर्चा कमाएका छन्। 
विगत दुइ तीन बर्ष देखि स्टेज सो हरुमा प्रचण्डको अभिनय गर्दै आएका गौतमले अहिले झ्याँइकुटी झ्याँइ हाँस्यब्यङ्ग सिरियलमा नियमित रुपमा दर्शकलाइ मनोरञ्जन दिइरहेकाछन्। यस भन्दा अगाडि मेरी बास्सैमा ज्योति काफ्लेले बाबुराम भट्टराइको र सिताराम कट्टेलले केपी ओलीको
Image3187.jpgभुमिका निर्वाह गरेर चर्चा बटुलेका थिए।

त्यसै गरी झ्याँइकुटीमै दमन रुपाखेतीले
शेरबहादुर देउबाको नक्कल गरेर चर्चा बटुलिरहेकाछन्। झापा जिल्लाको गौरादहमा
जन्मेका कलाकार घनश्याम गौतमले प्रचण्डको शैलिलाई दुरुस्तै नक्कल गर्न सक्छन्। जेल लगाएर सर्लक्क पछाडि लगेको कपाल बाक्लो जुँगा लगाएर कुम हल्लाइ हल्लाइ बोल्ने प्रचण्डको हाउभाउ र आवाजले गर्दा उनलाइ आजभोलि दर्शकले प्रचण्ड भनेर बोलाउने गरेकाछन्। सर्वनाम र हातेमालो सञ्चारमा बाल कलाकारीताबाट अभिनय यात्रा सुरु गरेका गौतम युवा रङ्गकर्मी एवं सञ्चारकर्मी हुन्।
                                                   
Image3185.jpg
IMG_7781.jpg

0 comments: