123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:43 AM
0

विबाह भएको तीन बर्ष पश्चात हिरोईन ऋचा घिमिरेले पहिलो सन्तान स्वरुप छोरालाई जन्म दिएकी छिन् । २०६६ साल मंसिर २७ गते निर्देशक शंकर घिमिरेसंग विवाह बन्धनमा बाँधिएकी ऋचाले आईतबार चाबहिल स्थित ओम नर्सिङ अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।



पहिलो सन्तान स्वरुप छोरो जन्म दिएकोमा उनका पति शंकरले बिबाह पश्चातको सवैभन्दा ठूलो खुशी महसुस गरेको भनी फेसबुकमा स्टाटस लेखेका छन् । शंकरले पत्नी ऋचालाई छोरो पाएकोमा मायालु भाषामा धन्यवाद समेत दिएका छन् । डक्टरले दिएको डेलिभरी डेट असार २४ थियो तर शनिबार साँझ ब्लडप्रेसर हाई भएपछी ऋचालाई अस्पताल भर्ना गरिएको थियो । उनको डेलिभरी आईतबार बिहान साढे ११ बजे भए पनि राति अबेर मात्र मिडियालाई यो खबर दिईएको हो ।

शल्यक्रिया मार्फत ३ किलो ७ सय ग्रामको छोरो जन्माएकी ऋचा र बच्चाको अवस्था नर्मल रहेको निर्देशक घिमिरेले जानकारी गराए । यध्यपी शल्यक्रिया मार्फत बच्चा जन्माएकाले आमा  र बच्चालाई अलग राखिएको छ । शंकरले आफूहरु कालो बर्णको रहे पनि बच्चा गोरो रहेको बताए । ऋचालाई फ्यामेली डक्टर ममता बरालको टिमले हेरेको थियो । शंकरको अनुसार बुधबार सम्म ऋचालाई अस्पतालमा राखिने छ ।

पहिलो सन्तानको रुपमा छोरा पाएका घिमिरे दम्पतीलाई फिल्मिअपडेट को तर्फ बाट  बधाई !

0 comments: