२०६९-०३-१०
माधभ मैनाली
श्रस्ठा प्रती हाम्रो सम्मान" इन्दिरा प्रसाइ साहित्यकार एव.प्राध्यापक"
लामो समय देखि साहित्य लेखन र प्रवद्र्धनमा व्यस्त रहदैं आएकी इन्दिरा प्रसाई पेशागत रुपमा प्राध्यापक पनि हुन् । बुबा स्व. गणेश प्रसाद शर्मा र आमा दुर्गा देवी शर्माको कोखबाट वि.स. २०१४ सालमा दार्जिलिङमा जन्मिएकी प्रसाईको बाल्यकाल भने विराटनगरमा बित्यो । पाँच कक्षामा पढ्दा देखि नै विभिन्न कविताहरु लेख्ने, कथा लेख्ने साथीहरुको अटो भर्ने जस्ता लेख रचना गर्न सुरु गरेकी इन्दिरा प्रसाई सर्वप्रथम २०३० सालमा प्रेरणा पत्रिकामा ‘‘मेरो एक जमानाका पतिदेव’’ नामक कथाबाट औपचारिक साहित्यीक यात्रामा लागेको बताइन् ।
लुकिलुकी साहित्य लेखन गरेको स्मरण गर्दै उनले भनिन्, साहित्य लेखन गर्दा एउटा छुट्टै आनन्द र छुट्टै संसारमा रमेजस्तो लाग्छ् । कुनै पनि कार्य सम्पन्न गर्न पहिलो कुरा जोश जागर र म यो काम सम्पन्न गर्न सक्छु भन्ने आत्मविश्वास भित्रि मनदेखि हुन पर्ने र यसलाई यथार्थमा परिणत गर्न संघर्ष पनि गर्नु पर्ने उनको बुझाई छ । त्यही संघर्ष र आत्मविश्वासको परिणाम नै सफलता भएको उनले बताइन् ।
साहित्यीक क्षेत्रमा पुरुष भन्दा महिलाहरु कम आउनुको कारण महिला पारिवारिक बन्देजमा रहने र परिवारको काम सँगै साहित्यीक क्षेत्रमा लाग्न निकै कठिन पर्ने भएकोले त्यस्तो भएको उनको अनुभव छ ।
राज्यले महिला साहित्यकारहरुको कृतिलाई पुरुष साहित्यको कृति भन्दा केही बढी मुल्य र मान्यता दिन सके महिला साहित्यकारहरु पनि निकै अगाडि आउने उनको विश्वास छ । साहित्य सृजना गर्न महिलाहरु सक्षम भएता पनि कतिपय अवस्थामा परिवारिक कामले परिवारको पुर्ण असहयोग अदिका कारणले गर्दा त्यो सम्भव हुन नसकेको जस्तो उनलाई लाग्छ । त्यस्तै, परिवारको अनुमति नपाउदा परिवारमा दुवै समान हक र अधिकार भएता पनि परिवारको जिम्मेवारी सर्वप्रथम महिलाहरुमा बढी हुने र जुन महिला परिवार भन्दा बाहिर काममा गएको हुन्छन् ति महिलाहरु दुई तिर बाट शोसित हुने उनको बुझाइ छ । सम्मानजनक रुपमा महिला पारिवारिक काममा नै लाग्नु उत्तम भएको भन्दै इन्दिराले बाहिर काम गर्न महिलाहरुको शारीरिक अवस्था पनि त्यति स्फुर्त नहुने र आफ्ना बालबच्चाहरुलाई समय पनि दिन गाह्रो हुने उनको बुझाइ छ । आम नेपाली दिदी बहिनीहरु शोषित पिडित हुनुको मुख्य कारण महिला नै भएको बताउँदै उनी भन्छिन्, “सासुले बुहारीलाई हेप्ने, आमाले छोरीलाई छोरा समान अधिकार नदिने आदि जस्ता कारणले समस्याको समाधान गर्न गाह्रो भएको छ ।”
परिवारमा सबै समान हक र अधिकार भएता पनि परिवारको जिम्मेवारी सर्वप्रथम महिलाहरुमा बढी हुने र जुन महिला परिवार भन्दा बाहिर काममा गएको हुन्छन् ति महिलाहरु दुई तिरबाट शोसित हुने गर्दछन्।
0 comments:
Post a Comment