एक तथा तमू समाज कतारका अध्यक्ष बिमल गुरुङले बताए ।
सुनिल रावलले निर्माण गरेको र नयाँ पिढीका यूवाहरुको कथा वस्तु समेटिएको चलचित्र सायदमा संयम पुरी नायकको रुपमा देखा परेका छन् । दुर्गिश फिल्मसको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रका अन्य कलाकारहरुमा विल्शन बिक्रम राई 'तक्मे बुढा', झरना थापा, रितिका लामा, अनिता दाहल, गोपाल याक्थेन आदि छन् ।
सुरज सुब्बा नाल्वोको निर्देशन रहेको यस चलचित्र सायदले लुट र चपली हाईट वरावरको व्यापर गर्न सफल भएको निर्माता रावल बताउँछन् । विशेष गरि कास्कीका बाढी पहिरो प्रभावित परिवारको सहयोगार्थ प्रदर्शन गर्न लागिएकोले कतारवासी नेपालीहरुको माया यस चलचित्रले पाउने कुरामा अर्का आयोजक भविन्द्र तामाङ बताउछन् ।
हरि पुन, बिमल गुरुङ, भविन्द्र तामाङ र मिनबहादुर सुनाम आयोजक रहेको चलचित्र सायदको टीकट विशेष सहयोगी संस्था तमू समाज कतारका पदाधिकारी तथा सदस्यहरु मार्फत प्राप्त गर्न सकिने आयोजकहरु बताउँछन् । विशेषतः मानविय सहयोगको पवित्र उद्देश्यले कतारमा प्रदर्शन गर्न लागिएको यस चलचित्र हेरिदिन कतारवासी नेपालीहरुलाई आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् ।
युवा पिढीको कथालाई मुख्य विषय बनाईएको चलचित्र सायदले नेपालमा आठौं हप्तासम्म पनि अत्यन्त राम्रो व्यापर गर्न सफल भएको छ । चलचित्र प्रदर्शनका क्रममा अंग्रेजी सबटाईटल पनि देखाईने हुँदा नेपाली भाषा नबुझनेले पनि चलचित्र हेरेर मनाराजन लिन सक्ने आयोजक तथा सम्सरा थकाली भान्छा घरका व्यवस्थापक हरि पुन बताउँछन् ।
0 comments:
Post a Comment