123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:04 AM
0

रेखा फिल्म्सको चलचित्र 'कसले चोर्‍यो मेरो मन’ व्यावसायिक रूपमा सफल मानिएपछि निर्देशक सबिर श्रेष्ठले राम्रै चर्चा पाए । 'कसले चोर्‍यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक श्रेष्ठको काम देखेर अधिकांश चलचित्रकर्मीले उनको कामको खुलेर प्रशंसा गरे ।

चारैतिरबाट उनले प्रसंसा मात्र पाएनन् कि उनलाई निर्माताहरूले चलचित्र बनाईदिनु पर्‍यो भन्दै घेर्न पनि थाले । 'कसले चोर्‍यो मेरो मन' चर्चा सेलाउन नपाउँदै नायिका उमा बेबीले आफ्नो चलचित्र 'इशारा' बनाउन आग्रह गरिन र उनले उमाको प्रस्तावलाई सहर्ष स्विकारे । प्रदसन को क्रमम  रहेको सो चलचित्रबाट पनि धेरैले सबिरको राम्रो कामको आश गरेका छन् ।

नेपाली चलचित्रमा सहायक निर्देशक भई १० बर्ष बिताएर छबि ओझाको 'कसले चोर्‍यो मेरो मन' र उमा बेबीको 'इशारा' निर्देशन गरिसकेका निर्देशक श्रेष्ठको हातमा अहिले पनि धेरै  चलचित्रहरु  छन् । र अब भने उनिबाट निर्देसित चलचित्र "इशारा" प्रदसन को   पालो को प्रतिक्ष्या  मा बसेको छ । सम्भबत आउदो महिना बाट प्रदसन मा आउने चलचित्र सबिरको उत्कृस्ठ चलचित्र हरुको लिस्ट मा नै पर्छ उनि भन्छन ।
"मैले मेरो चलचित्र "इसारा" मा  हरेक तरिकाले मेहेनत गरेको छु उत्कृस्ट कथा को साथै  चलचित्र मा नया पनि दिने कोसिस गरेको छु र मलाई बिश्वास छ म सफल हुन्छु "

चलचित्र "इशारा" को प्रदसन को लगत्तै पछी म अर्को चलचित्रको लागी फ्लोर मा जानेछु मलाई धेरै निर्माताहरुले आफ्नो चलचित्र निर्देसन गर्नको लागी प्रसताव गरेकाछन ।

सबिरका अनुसार अन्य थुप्रै निर्माताहरूले पनि चलचित्र निर्देशन गर्ने प्रस्ताव गरेका छन् । तर काम पाएँ भन्दैमा जस्तो पायो त्यस्तो काम गर्न आफूलाई मन नलाग्ने यि निर्देशकको भनाई छ । उनी भन्छन्, 'बरू बर्षमा एउटा मात्र चलचित्र निर्देशन गर्छु तर राम्रो गर्छु ।'  

0 comments: