मंगलबार आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको भावपूर्ण श्रद्धान्जलीका साथ दाहसंस्कार गरिएको छ । सिमित चलचित्रकर्मीको उपस्थितिमा उनको पार्थिव शरिरलाई श्रद्धान्जली दिदै बिहान ११ बजे जेसिकाको काकाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए । कलाकार संघको पहलमा चलचित्र बिकास बोर्डको प्राङगणमा बिहान ९ बजे देखि सुरु भएको श्रद्धान्जली कार्यक्रममा निर्देशक समाज, चलचित्र संघ, प्राविधिक संघ, निर्माता संघ, द्धन्द संघ लगायतका संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
श्रद्धान्जली अर्पण गर्न नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, महिला चलचित्रकर्मी मंचको तर्फबाट मौसमी मल्ल, रुपा राना, विमला केसी र नयाँ पुस्ताको तर्फबाट ऋचा सिंह ठकुरी तथा जेनिसा केसीको उपस्थिति थियो । 'जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउने को थियो यो कुराको छानविन हुनु पर्छ र दोषी लै कारबाही हुनु पर्छ भन्ने हाम्रो माग छ', कलाकार संघका महासचिव नवल खड्काले श्रद्धान्जली सभामा भने । यस्तै खड्काले पर्सि शुक्रबार दिउँसो ३ बजे कलाकार संघको कार्यालय अनामनगरमा जेसिकाको शोक सभा कार्यक्रम राखिएकाले सम्पूर्ण कलाकारहरुलाई सो दिन उपस्थित हुन आग्रह गरे ।
जेशिकाले आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् । प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी खड्काले तत्पश्चात नाम परिवर्तन गरी जेशिका बनाएकी थिइन् । उनको वास्तविक नाम ज्योती हो । ईटहरीकी ख्डका चलचित्र आवाज मार्फत नेपाली चलचित्रमा आएकी थिइन् । फिल्मी जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई, जंगल लभ, लक्की सेभेन, गहिराई लगाएतका चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।
केहि तस्बिर तल हेर्नुहोला




























0 comments:
Post a Comment