123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:52 PM
0

हलिउड अभिनेत्री लिन्डसे लोहान फेरी अर्को लफडामा फसेकी छिन् । उनीमाथि कार दुर्घटना गराएको आरोपमा मुद्धा लागेको छ । अघिल्लो हप्ता भएको एक कार दुर्घटनामा लिन्डसेको सहभागिता रहेको भन्दै उनीविरुद्ध मुद्धा हालिएको हो ।

वेबसाइट फिमेलफस्र्ट डट को डट युके का अनुसार लोहान ८ जून को दिन लस एन्जल्सको नजिकै पर्ने प्यासिफिक कोस्ट राजमार्गमा आफ्नै कारमा हुइँकिरहेको बेला एक ट्रक सँग कार ठोक्काएकी थिइन् । आफ्नो ट्रकमा कार ठोक्काएको भन्दै ट्रक चालक जेम्सले एक वकिलको सहायताले लोहान विरुद्ध मुद्धा दायर गरेका हुन् ।

दुर्घटनास्थलमा लोहानले आफ्ना सहयोगी मार्फत घटना थामथुम पार्न आफुलाई पैसाको लोभ देखाएको जेम्सको दाबी छ । तर लोहानले भने उक्त दुर्घटनाका लागि ट्रक चालक जेम्स नै दोषी रहेको जिकिर गरेकी छिन् ।

0 comments: