२०६९-०२-३० गते मंगलबारप्राणप सुबेदी
नेपाली चलचित्रकी नायिका जेसिका खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेकी न् । प्रहरीले उनलाई आफ्नै निवास न्युरोडमा पासो लगाएको अबस्थामा भेटेको थियो । हत्या या आत्महत्या केहो प्रहरीले खुलाएको छैन । उनि भाई र प्रेमी सँग बस्दै आएकी थिइन् । मंगलवार बिहान १० बजे प्रहरीले उनको लाश बुझेको छ । महाराजगञ्ज शिक्षण अस्पतालमा पोष्ट मार्टम पश्चात गलवारनै जेशिकाका बुबा काठमाण्डौ आएपछि दाहसंस्कार गरिने बताईएको छ ।
यसैबिच प्रहरीले चलचित्रका प्रोडक्सन कन्ट्रोलर बालदीप राईलाई नियन्त्रणमा लिएको छ । राईसँग जेशिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका नियन्त्रणमा लिएको हो ।
जेशिकाले आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् । प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी खड्काले तत्पश्चात नाम परिवर्तन गरी जेशिका बनाएकी थिइन् । उनको वास्तविक नाम ज्योती हो । ईटहरीकी ख्डका चलचित्र आवाज मार्फत नेपाली चलचित्रमा आएकी थिइन् । फिल्मी जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई, जंगल लभ, लक्की सेभेन, गहिराई लगाएतका चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।





0 comments:
Post a Comment