फिल्मिअपडेट काठ्माण्डु २०६९-०३-०३
प्रेम अधिकारी
आदिवासी फिल्ममेकरहरुलाई पार्दै त्यससंग सम्बन्धीत रहेर धेरै भन्दा धेरै फिल्म उत्पादन गर्ने उदेश्यका साथ स्थापना भएको ईन्डिजिनियस फिल्म अर्काईभ (आईफा) लाई यो पटक आर्थिक संकटले घेरेको छ ।
सन् २००७ देखि अर्न्तराष्ट्रिय स्तरको आदिवासी फिल्म महोत्सव गर्दे आएको उक्त संस्था आईफा लाई यो पटकको कार्यक्रम गर्न हम्मे परेको छ । शनिबार आयोजित प्रेस मिटमा आईफा अध्यक्ष नविन सुब्बाले भने 'गत बर्ष १६ लाख बजेट थियो तर अर्न्तराष्ट्रिय सेलिब्रेटी धेरै ल्याएकाले ६ लाख थप्नु पर्ने हुदा उल्टै ऋणमा छौ हामी', । नेपाल को राजनितिक कारणले छैठौ संस्करणको महोत्सव एक महिना ढिलो गर्दे उक्त संस्थाले असार २८ देखि ३१ सम्म काठमाण्डूको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा महोत्सव गर्दैछ । आर्ठीक समस्या ले घेरे पनि यो संस्थाले महोद्स्भ भब्एता का साथ गर्ने बुझिएको छ ।
" गता बर्ष का तुलनामा यो बर्श सहयोग कम हुँदै गएको छ एस्तै भैरह्ने हो भने आगमी दिनमा महोत्सब नहुने पक्का छ " सुब्बाले भने
यो पटक अष्ट्रेलिया, यूरोप र नेपालको तर्फबाट समाजशास्त्री डम्बर चेम्जोङ जुरीमा रहने छन् । जसले आईफामा सहभागी हुन आएका ८० वटा लामा छोटा फिल्महरुलाई छनौट गर्ने छन् । तर अर्न्तराष्ट्रिय फिल्म मेकर को-को आउछन् भन्ने कुरामा आर्थिक समयस्याका कारण आईफाले निर्णय गर्न सकेको छैन । महोत्सवमा नेपालको तर्फबाट ५४ वटा फिल्म सहभागी छन् भने अन्य १६ मुलुकबाट ५२ वटा फिल्म रहेको बताईएको छ । जसमध्ये नेपालको १८ वटा फ्रेस फिल्मको प्रिमियर सो महोत्सवमा गरिने छ ।
फिल्मिअपडेट ले पाएको जानकारी अनुसार उत्कृष्ट हुने तीन फिल्मलाई क्रमश गोल्डेन, सिल्भर र ब्रोन्ज अवार्डले सम्मान गरिने छ ।
यस्तै एक फिल्मलाई जुरी अवार्ड अर्को पब्लिक च्वाईस र नेपाल तर्फबाट उत्कृष्ट एक फिल्मलाई २५ हजार नगद साथै यो पटक देखि नयाँ विद्या गैर आदिवासी फिल्म निर्माण गर्नेलाई १५ हजार नगदले पुरस्कृत गरिने छ ।
'भारतमा महोत्सव हेर्ने छुट्टै निर्देशनालय सरकारले गठन गरेकाले त्यहाँ महोत्सव ब्यवस्थित हुने गरेको छ तर विश्वमै तेस्रो ठूलो आदिवासी चलचित्र महोत्सवले परिचित हामी कहाँ यो अवस्था छ तसर्थ यस किसिमको संकट परेकाले आउदा दिनमा कार्यक्रम गर्न नसक्ने अवस्था हामीले देखेका छौ', आर्थिक पक्षले चिन्तित भएर अध्यक्ष सुब्बाले फिल्मी अपडेट सँग गुनासो पोखे ।
नेपाली संस्कृती लाई बचाइ राख्न जरुरी छ ।
यस किसिमका महोत्सवलाई आर्थिक पाटो होस वा नैतिक दुवै पक्षले नेपाल सरकार सहित अन्य संघसंस्थाले सहयोग गर्न जरुरी छ । किन फिल्मिअपडेट को बिचारमा यस किसिमका महोत्सवले नेपाललाई अर्न्तराष्ट्रिय र नेपाली सस्कृती लाई अन्तरस्त्र्ए रुपमा चिनाउने सक्छ ।
तसर्थ एस कुरामा सम्बन्धीत पक्षको ध्यान केन्द्रित हुन जरुरी छ ।

0 comments:
Post a Comment