२०६९-०२-२९
निस्चल श्रेष्ठ
क्यान्सर पिडितहरुको सहयोगका लागि नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुर शाखा अन्र्तगत अक्षय कोष स्थापनार्थ “नेपाल आमा” लघु चलचित्रको विशेष च्यारटी शो वाट संकलित रकम आज एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरियो । नेपाल रेडक्र सोसाइटी भक्तपुरको सभा हलामा आयोजित कार्यक्रममा नेपाल अर्वुद निवारण संस्था भक्तपुर शाखाका अध्यक्ष श्रीधर राठोरलाई उक्त रकम हस्तान्तरण गर्दै ने.म.कि.पा का केन्द्रिय अध्यक्ष श्री नारायणमान बिजुक्छे ज्यूले यस्तो कोष स्थापनाले क्यान्सर पिडितहरुलाई राहात र सहयोग पुग्ने उल्लेख गर्दै यस कार्यक्रमका आयोजक भक्तपुर एफ एम १०५.४ मेगाहर्ज र नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुर प्रति धन्यावाद दिनु भयो ।
देशको समसामयिक विषयमा निर्माण भएको यस लघुचलचित्र नेपाल आमा लाई भतmपुर एफ एम का कार्यक्रम प्रस्तोता निश्चल श्रेष्ठले निर्देशन गरेका हुन । चलचित्रमा सुभद्रा अधिकारी, यादव सिलवाल सहित विषेश भुमिकामा का.म.न.पाका पुर्व मेयर केशव स्थापित, सञ्चारकर्मी नारायण श्रेष्ठ र जेसिस नेपालका पुर्व अध्यक्ष महेश दाहाल हुनुहुन्छ ।
“देश रहे हामी रहन्छौं, हामी रहे देश रहन्छ” भन्ने भनाई राख्दै निर्देशक निश्चल श्रेष्ठले राष्ट्रियता र समृद्धिका लागि आम नागरिकहरु आफै सचेत इमान्दार र अग्रसर हुनुपर्ने बताउनु भयो । त्यसै गरी भक्तपुर शाखाका अध्यक्ष राठोरले लघु चलचित्र निकै मर्मस्पर्शी भएको ठहराउदै यसलाई सवै नेपाली माझ पु¥याउनु पर्ने वताउनु भयो ।
करिब आधा घण्टा अवधिको चलचित्र “नेपाल आमा” सेट्को नेपाल नामक संस्थाले निर्माण गरेको हो । भक्तपुर एफ एम र नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुरको संयु्क्त आयोजनामा गत बैशाखमा बाराही मुभिज भक्तपुरमा नेपाल आमाको विषेश च्यारीटीशो भएको थियो ।

0 comments:
Post a Comment