123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:23 AM
0

केही दिन अघि आत्महत्या गरेकी नायिका जेसिका खड्कालाई पारिश्रमिक दिन नपाएकोमा एक जना निर्देशकलाई पछुतो लागेको छ । जेसिकाले अभिनय गरेको एउटा म्यूजिक भिडियोको पाँच हजार रुपैया पारिश्रमिक दिन नपाएकोमा निर्देशक कुमार केसीले पछुतो मानेका छन् ।
म्यूजिक भिडियोमा अभिनय गरे लगत्तै जेसिका भारतको दार्जिलिङ्ग गएपछि आफूले पारिश्रमिक दिन नपाएको निर्देशक केसीले बताए । आत्महत्या गरेको तीन दिन अघि आफूलाई जेसिकाले फोन गरेको सम्झँदै केसी भन्छन् ‘दाइ अरु केही नयाँ भिडियोमा पनि काम गर्न पर्‍यो भनेकी थिइन, पछि एकैचोटी आत्महत्या गरेको समाचार सुने निक्कै दुःख लाग्यो ।’


कुमार केसीले निर्देशन गरेको एकोहोरो हुन सिकायौं, मलाई सम्झी नरुनु हैं तिमी, र लाउन माया लाउ बोलको गीतमा जेसिकाले अभिनय गरेकी थिइन् । केसी भन्छन् ‘उनको अरु आनीबानी त थाहा भएन तर काम गर्दा निक्कै मिहेनती र लगनशील थिइन उनी । उनले आत्महत्या गरेको खवर पाएपछि निक्कै बेर उनले अभिनय गरेको म्यूजिक भिडियो हेरेँ ।’


स्रोत्= उज्यालो


0 comments: