123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:13 PM
0

नेपाली चलचित्र छेत्र आफैमा सानो बजार हो तर यहाँ नै हुन्छ ठुला ठुला काण्ड अनि तातिरहन्छ नेपाली चलचित्र  बजार ।
पुन एउटा एस्तै कण्ड भयो नेपाल  चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी माओवादी समर्थित हुन तर काँग्रेससंग ज्यादा मिलो मतो भएको भन्दै अखिल नेपाल चलचित्रकर्मी संघ अर्न्तगतका केही फिल्मकर्मी आज माओवादी अध्यक्ष प्रचण्डलाई भेटी भण्डारीको बिषयमा कम्प्लेन गर्ने तयारीमा जुटेका छन् ।    


फाईनल रूपमा प्रचण्डको समय नपाएका उनीहरूले समय पाउना साथ भण्डारीको बिषयमा रिपोर्टिङ गरी बोर्डबाट उनलाई हटाउन पहल गर्ने बुझिएको छ । अखिल नेपाल चलचित्रकर्मी संघका अगुवा निर्देशक शिवजी लामिछानेको नेतृत्वमा करिब १५ जनाको एक टोली प्रचण्ड निवास पुग्ने कार्यक्रम छ ।

 एक सदस्यले भने, 'भण्डारी जीले बोर्डमा त्यत्रो घुष प्रकरण हुँदा केही नबोल्नु, कर्मचारीले पेन डाउन गर्दा पनि हेरिरहनु लगायतका विभिन्न बिषयमा प्रचण्ड समक्ष  टिप्पणी हुने छ ।' सो रिपोर्टिङमा भण्डारी आलोचनामा परेका विभिन्न न्यूज कटिङ समेत बुझाउन तयारी संघले गरेको । यस्तै गत बिहिबार भण्डारीले प्रचण्डलाई भेट्न गएको बिषयलाई बजारमा नकारत्मक शैलीले प्रचार गरिएको भन्दै भण्डारी निकट फिल्मकर्मी चेतन सापकोटाले ईमान्दारिताको जमाना नरहेको बताएका छन् । उनले भने, 'अध्यक्ष ज्यूलाई विभिन्न आरोप लगाईयो तर सो भेट नीर शाह र मौसमी मल्ललाई भेटाई दिने कार्यक्रम थियो जतिबेला प्रचण्डसंग अध्यक्ष ज्यूको  हाई हेल्लो बाहेक अरू गफ समेत हुन पाएन ।'

0 comments: