२०६९-०३-१६
प्रणप सुबेदी
प्रधानमन्त्री डा. बावुराम भट्टराईले आज नेपाली कलाकर्मीहरु सँग भेट गरेका छन् ।
प्रधानमन्त्री डा बावुराम भट्टराईले नेपाली कलाकर्मीहरु सँग भेट गर्दै समग्र नेपाली कला क्षेत्रले भोग्दै आएको समस्याको बारेमा छलफल गरे ।
हिजो बिहान भएको उक्त भेट मा मुख्य गरेर तीन बिसय मा छलफल भएको स्रोत ले जान्कारी गराएको छ ।
नेपाली सिने उद्योगलाई उद्योगबाट उत्पादन मूलक उद्योगको मान्यता दिने, बढ्दै गइरहेको पाइरेसीको रोकथाम तथा सम्पूर्ण कला क्षेत्र सम्बद्ध व्यक्तिहरुका लागि कल्याणकारी कोष खडा गर्ने विषयमा पनि छलफल भएको थियो ।
निर्माता तथा निर्देशक अशोक शर्मा को नेतृतो मा गएको चलचित्रकर्मी को टोलिले प्रधानमन्त्री सँग उन्कै निवास बालुवाटार मा भेट्घाट गरेको थियो ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरु सँग कुरा गर्दै अशोक शर्माले प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित भएको बताए । र चाडै एक कार्यदल मार्फत आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने बताए ।
प्रधानमन्त्री ले कलाकार सँग को भेट्घाट मा कलाकर्मीहरुले राखेका मागहरुलाई प्रधानमन्त्री भट्टराईले जतिसक्दो चाँडो पुरा गर्ने वचन पनि दिएका छन् ।
भट्टराईले तत्काललाई कलाकर्मीहरुको कल्याणकारी कोषका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेका छन् ।
0 comments:
Post a Comment