फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र निर्देशक समाजले आयोजना गरेको "3rd National film workship 2069" को सम्पुर्ण तयारी पुरा भएको छ ।
लमजुङको घलेगाउँमा नेपाल चलचित्र निर्देशक समाजले मिंसर ७ गते देखी ११ गतेसम्म गर्ने भनेको चलचित्र गोष्ठी को सम्पुर्ण तयारी पुरा भएको जानकारी फिल्मि अपडेटलाई प्राप्त भएको छ ।

नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकार, पत्रकार सहित चलचित्र क्षेत्रका अन्य बिशिष्ठ व्यक्तिहरु सहित ९० जना सहभागी हुने उक्त कार्यशाला मिंसर ७ गते देखी ११ गतेसम्म चल्नेछ ।
कार्यशालाको प्रशिक्षकमा विश्व भक्त आहुती, ध्रुवचन्द्र गौतम, राजेश गंगजु लगाएतका नेपाली चलचित्रका बिशिष्ट व्यक्तित्वहरु रहनुभएको छ । उक्त कार्यशाला गोष्टीमा पर्यटन र नेपाली सँस्कृतीलाई नेपाली चलचित्रमा कसरी समेट्न सकिन्छ भन्ने बारेमा मुलत: छलफल हुनेछ । नेपाली चलचित्रको मौलिकता स्थापित गर्ने सन्दर्भमा आम नेपाली चलचित्रमा नेपालीपना र मौलीकता झल्किनु पर्छ भन्ने सन्देश प्रवाह गरि व्यबहारमा उतार्नु नै कार्यशालाको मुख्य उद्देश्य रहेको जानकारी फिल्मिअपडेटलाई निर्देशक समाजका सचिव एमएस अग्रजले गराय ।
0 comments:
Post a Comment