123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:35 AM
0
२०६९-०७-२०
फिल्मी अपडेट ,काठ्माण्डौ

बलिउड सुन्दरी ऐश्वर्या रायको ३८ औं जन्मदिन अरु वर्षभन्दा यसपाली विशेष भएको छ। उनले आफ्नो ३८औं जन्मदिनको अवसरमा फ्रान्स सरकारको तर्फबाट अर्डर अफ आर्टस एण्ड लेटर्स अवार्ड पाएकी छिन्।

यो फ्रान्स सरकारद्वारा प्रदान गरिने फ्रान्सको दोस्रो सम्मानीत अवार्ड हो। रायलाई सन् २००९ मा नै यो अवार्ड फ्रान्स सरकारले प्रदान गरेको थियो। तर, त्यसबेला उनी यो अवार्ड थाप्न असमर्थ भईन्। उनको बुवा बिरामी भएका कारण उनले त्यत्तिबेला अवार्ड लिन सकेकी थिइन्। फेरी तिन बर्षपछि उनलाई फ्रान्स सरकारले यो अवार्ड प्रदान गरेको हो। यसपाली भने ऐश्वर्याले आफ्नो जन्मउत्सबको अवसरसँगै खुशीसाथ अर्डर अफ आर्टस एण्ड लेटर्स अवार्ड थापेकी छिन्। यस अघि शाहरुख खानले यो अवार्ड हात पारिसकेका छन्।

ऐश्वर्याको लागि जन्मदिन मात्रै होईन यो महिना नै रमाईलो रहने छ। किनभने यहि नोभेम्बर १६ मा उनकी छोरी आराध्य बच्चनले पनि एक बर्ष पुरा गर्दै छिन्। त्यस दिन ऐश्वर्याले आफ्नी पहिलो शिषु र परिवारका साथ भव्यरुपमा बर्थडे मनाउने एजेन्सीले जनाएको छ। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र बलिउड अभिनेता अभिषेक बच्चनको कोखबाट उनीहरुको पहिलो सन्तानको रुपमा आराध्यको एक बर्ष पहिले जन्म भएको थियो।

0 comments: