२०६९-०७-२४
फिल्मी अपडेट ,काठ्माण्डौ
नेपाली कथानक चलचित्र "‘अध्याय’" ले आज राजधानीमा आफ्नो चलचित्रको जानकारी दिन पत्रकार भेट्घाट कार्यक्रमको आयोजना गर्यो ।
प्रविण स्याङ्बो निर्देशित चलचित्र "‘अध्याय’" ही पौष २७ गतेबाट देश भर एक साथ प्रदर्शन हुने भएको छ ।

आयोजित पत्रकार भेट्घाट कार्यक्रममा निर्देशक स्याङ्बो, निर्माताहरु उमेश श्रेष्ठ, रामहरी, अधिकारी र सुरेन्द्र शाही, नायक कर्मा, सुशिल राज पाण्डे, आकास मगर नायिका र नायिका सिम्पल खनाल लगायतकाको उपस्थिती थियो ।
यद्धपी चलचित्रमा स्वस्तिका राज भाण्डारी सान्ती गिरी पनि नायिकाको रुपमा देखा पर्दैछन तर आज कार्य बेस्थताको बाबजुत कार्यक्रममा उपस्थित भएका थिएनन ।

"मानव जीवनका भिन्न पोटोहरुलाई ‘अध्याय’ ले खोतल्ने छ" निर्देशक स्याङ्बोले बताए साथै उनले भने मेरो चलचित्र भिन्न खालको रहेको छ आशा छ सबैले मनपराई दिनुहुनेछ ।
अर्को तर्फ नायक कर्मा ले आफु यो चलचित्र बाट धेरै नै उत्साही रहेको बताए ।
कार्यक्रममा चलचित्र "आध्याय" को प्रोमो पनि मिडिया माझ सार्बजनिक गरिएको थियो ।

राजिव मानन्धरले खिचेको यस चलचित्रमा व्रमनाल व्यान्ड को ३ वटा र अशेष चित्रकारको २ वटा गीत समाबेश रहेको छ ।
स्मरण रहोश निर्देशक प्रविण स्याङ्बो को यो पहिलो निर्देशन चलचित्र हो .उनले यश अघि चलचित्र "लुट' सह निर्देशनको भूमिका निर्बाह गरिसकेका छन् ।
0 comments:
Post a Comment