‘क्याराभान’ र ‘हनी हन्टर’ लगायतका विश्व प्रशिद्ध बृत्तचित्र निर्माण गरेर ख्याती कमाएका फ्रान्सेली नागरिक एरिक भ्यालीले नेपालकै विषयमा डोल्पा जिल्लालाई सहयोग गर्ने हेतुले अर्को बृत्तचित्र बनाएका छन् । ‘यार्चागुम्बा’मा अधारित चलचित्रलाई एरिक भ्यालीले निर्माण गरेका हुन । १ घण्टा लामो उक्त्त बृत्तचित्रको नाम ‘हिमालयन गोल्ड रस’ अर्थात् ‘यार्चागुम्बा’ भनिएको छ ।

चलचित्र ‘हिमालयन गोल्ड रस’ अर्थात् ‘यार्चागुम्बा’ को बारेमा जानकारी दिना को लागी शुक्रबार राजधानिमा पत्रकार सम्मेलन को कार्यक्रम आयोजना गरियो । बृत्तचित्र‘हिमालयन गोल्ड रस’मा हिमाली क्षेत्रका एक परिवारले हिउँदको समयमा यार्चागुम्बु खोज्न गएको विषयलाई प्रस्तुत गरिएको छ ।" निर्माताएरिक भ्याली ।

झण्डै ३० वर्ष अघिदेखि नेपालमा नै बसोबास गर्दै आइरहेका भ्यालीले यसअघि निर्माण गरेका बृत्तचित्र नेपालमा व्यवसायिकरुपमा प्रदर्शन गरिएका भनेए थिएन । तर यसपटक उनले आफ्नो पछिल्लो बृत्तचित्रलाई क्यूएफएक्सका हलहरुबाट प्रदर्शनस गर्ने भएका छन् ।


क्यूएफएक्स र डिसिएनको सहकार्यमा यो बृत्तचित्र आगामी जनवरी ४ देखि क्यूएफएक्सका हलबाट प्रदर्शन हुँदैछ, र माग भयमा अन्य हलामा पनि लाग्नेछ" क्यूएफएक्सका सन्चालक नकिम उदिन।

0 comments:
Post a Comment