फिल्मी अपडेट ,काठ्माण्डौ
देशभरका करिब ७० हलमा मंसिर १ गतेबाट रिलिज भएकोचलचित्र "लंका" ले दोस्रो साताको यात्रा तय गरेकोछ । शुक्रबार र शनिबारको व्यापारले होल्डओभर बचाउन सफल भएपछि दोस्रो सातामा पनि "लंका" नै प्रदर्शनरत हुने भएको हो र आगामी शुक्रबार भने नेपालि कथानक चलचित्र "एटिएम" प्रदर्शन हुने भयेकोछ ।

लंका दोस्रो सातामा पुगे लगतै मंसिर ८ गते प्रदर्शन हुन तम तयार भएको चलचित्र "चन्द्रावती" मंसिर १५ गतेको लागि जुर्न पुगेकोछ ।

यद्दपी मंसिर १५ गते पहिले नै नेपालि कथानक चलचित्र "मेरो जीवन साथी" ले प्रदर्शन मिति तय गरेको थियो अब नेपालि कथानक चलचित्र "मेरो जीवन साथी" र नेपालि कथानक चलचित्र "चन्द्रावती' एकैपटक प्रदर्शनको आगोमा होमिने भयेकोछ ।
अर्को तर्फा मंसिर १५ गते क्यू सिस्टमबाट नै प्रदर्शन हुने भनिएको नेपालि कथानक चलचित्र "भूल भए माफ गर" छनोट प्रक्रियाबाट मंसिर २२ रिलिज हुने नेपालि कथानक चलचित्र "थ्री लभर्स" पछि रिलिज हुने पक्का भएकोछ ।
स्मरण रहोश दुबै चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल भएकाले यि दुई चलचित्रको प्रदर्शन प्रक्रियाको तालमेल मिलाईएको हो ।
0 comments:
Post a Comment