२०६९-०८-०५
प्रणप सुबेदि,काठ्माण्डौ
मनिष पन्थको लेखन तथा निर्देशनमा तयार भईरहेको नेपाली कथानक चलचित्र "उर्वशी"को एउटा दृष्य छायाँकन गर्ने क्रममा नेपाल भारत शिमानाको सुनौली नाकामा भारतिय प्रहरीले
छायांकन अनुमति दिन नमान्दा नायिका निता ढुंगाना र नायक किशोर खतियोडाको अभिनय रहेको एउटा दृष्य प्रभावित बन्यो ।

नेपाल सरकार मातहतको जिल्ला प्रशाशन कार्यलयले अनुमति दिएर सुटिङ्गको लागि आनो टिम सहित शिमानामा पुगेको चलचित्र "उर्वशी" को युनिटलाई भारतिय प्रहरीले क्यामेरा सिमानाको प्रवेश द्वार तर्फ फर्काउन दिएको थियन ।
प्राप्त जानकारी अनुशार निर्देशक मनिष पन्थले आफ्नो चलचित्रको "त्यो सिन चलचित्रको मुख्य भाग भएकोले हर हालतमा गर्नुपर्ने भएकोले हामीले नेपाल प्रहरीको सहायताले त्यो एउटा दृष्य भारतिय प्रहरीहरुले नदेख्ने गरेर हामीले सुट गरेउ ।"

निर्देशक पन्थ भन्छन "मैले पहिला मेरो पहिलो चलचित्र "हाम्री चेली" को सुटिङ्ग गर्दा "माइती नेपाल" को सहयोगमा गरेको थिए तेसबेला खासै केहि समस्य्या भएन तर यो पटक भने निकै कस्ट सहनुपर्यो ।"
अहिले धमाधम छायांकन भईरहेको चलचित्र "उर्वशी" को छायांकन कार्य अन्ति, चरणमा पुराएको जानकारी फिल्मीअपडेट लाइ प्राप्त भएको छ ।

एक समय "पुर्णिमा" जस्तो सफ़ल चलचित्र निर्माण गरिसकेका खगेश्वर पुनको यो दोस्रो चलचित्र हो।हाल
चलचित्रको छायांकन बुटवलमा हुदै गरेकोछ ।
हिमगिरी फ़िल्मसको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा रेखा पुन र चिराग थापाको निर्माण रहेको छ ।
चलचित्र "उर्वशी" मा अरुणिमा लम्साल, निता ढुंगाना, मुकेश आचार्य, किशोर श्रेष्ठ,किशोर खतिवडा आदि कलाकारहरुको अभिनय रहेकोछ भने चलचित्रलाई दिव्य श्रेष्ठले छायांकन गर्दैछन।
शंकर अधिकारी घायलको गीत तथा बिकाश चौधरिको संगीत रहेको यो चलचित्रको अधिकांश छायाकंन पछिल्लो समय फ़िल्म नगरी बन्दै आएको शहर बुटवलमा गरिदै आयको छ ।
0 comments:
Post a Comment