123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:03 PM
0
फिल्मी अपडेट
प्रणप सुबेदी ,काठ्माण्डौ


नेपाल चलचित्र बोर्ड विवादमा तन्निने 
२०६९ सालको सिनेमा उद्योगको  भविष्यफल

नेपाली चलचित्र को खशकिदो बजार देखेर फिल्मी अपडेटले युबा ज्योतिश कृष्ण भण्डारी सँग गरेको केहि कुराकानिहरु ।

यो सालको  संवत्सरको नाम विश्वावशु हो । यो बर्ष राजा शुक्र र मन्त्री पद पनि शुक्रले नै सम्हालने छन । एउटै ग्रह राजा र मन्त्री पदमा रहदां काम गर्न असजिलो हुनेछ । यो  बर्ष फील्मी क्षेत्रमा लगानि बढने छ । नयाँ कलाकार को उदय हुनेछ । फील्मी क्षेत्रमा नयाँ प्रयोग  र प्रविधिहरु भित्रीने छन । सन्देश मुलक भन्दा पनि व्यवसायीकतातिर निर्मातारुको  मन जानेछ ।  राज्य पक्षबाट सहयो मिल्नेछ ।
विलासीता वढनेछ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला कलकारको भुमिका अहम रहनेछ  । महिला कलाकारहरुलाइ काम गर्न असजीलो हुनेछ । नयाँ कलाकार हरुप्रशस्तै नाम र दाम कामाउने छन । नेपाल चलचित्र बोर्ड विवादमा तन्निने छ ।
निर्माता र कलकार बिच सम्बन्ध खासै राम्रो देखिदैन । फील्मी  क्षेत्रका केहि कलकारहरु को मांगलिक कार्य हुनेछ । लगानि कर्ता हरु रहस्यमय रहने छन । कलकारहरु मा उत्साह बढने छ । नयाँ कलकार को प्रदर्शन राम्रो रहनेछ ।

 त्यस्तै यो बर्ष वैशाक २० देखि
जेष्ठ २८ गते सम्मको समय प्रतिकुल रहेको छ । असोज पछि का दिन हरुमा
लगानि वढने छ ।
फाल्गुण २गते पछि शुक्र अस्थ रहने छ । निर्माता हरुले सोचेर कामगर्नु होला ।
 यो बर्ष साउन , कार्तिक, पौस , चैत्र महिना शुभ रहेका छन ।

आइतवार , बुधवार र , शुक्रवार प्रदर्शनमा आएका चलचित्र हरुले व्यवसायीक रुपमा  सफलता प्राप्त गर्ने छन ।

चलचित्रको नाम इ, उ , ए वे , वो , का , की र, री रु रे, च ल रो, ती , ती तु ते यी आदि अक्षर वाट शुरु भए राम्रो सफलता प्राप्त हुने देखिन्छ । तर निर्माताको नाम को अक्षर बाट शत्रु वर्गमा पर्नु हुदैन ।

बर्षका शुभ मुहूर्त (साइत)

बैशाक ः ८ गते शुक्रवार २१ः ३१ बजे सम्म
        १५ गते शुक्र वार ११ः १५ देखि

जेष्ठ  :१२ गते शुक्रवार १०:१५ वजे देखि १९:५८ सम्म
आषाढ :२६ गते मंगलवार ०८ : ०२ वजे देखि १७ :२४ सम्म
श्रावण : २३ गते मंगलवार ०२ :३८ वजे देखि
भाद्र :१० गते आइतवार १०:२७ वजे देखि
आश्विन : ७ गते आइतवार १७ :०५ वजे सम्म
कार्तिक :२१ गते मंगलवार १८:१६ वजे देखि
मंसिर : १९ गते मंगलवार ०२:५० वजे सम्म
पुस :६ गते शुक्रवार १४:११ वजे देखि
      ११ गते शुक्रवार ००:२९ वजे सम्म
माघ :५ गते शुक्रवार १९:५४ वजे सम्म
फाल्गुण : ४ गते शुक्रवार अहोरात्र
          ११ गते शुक्रवार २२:१३ सम्म
          २५ गते शुक्रवार १४:५७ वजे देखि
चैत्र :२ गते शुक्रवार १४:२० वजे सम्म
      २३ गते शुक्रवार ८:११ वजे सम्म

0 comments: