२०६९-०८-१२
फिल्मी अपडेट ,लमजुङ शहकर्मी
नेपाल चलचित्र निर्देशक समाजले लमजुङको ग्रामिण पर्यटकीय एवं सार्क राष्ट्रकै नमुना घलेगाउँमा आयोजना गरेको तेस्रो रास्ट्रिय चलचित्र कार्याशाला सम्पन्न भएको छ ।



सार्क राष्ट्रकै नमुना गाऊ घलेगाउँमा साथ पाँचदिन सम्म गरिएको कार्याशाला को बेसीशहरमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । चलचित्रमा मौलिकता, साँस्कृतिक विविधता र पर्यटन जस्ता विषय समेटेर कार्याशाला गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको प्रमुख आतित्थ्यमा गरिएको समापन कार्यक्रममा नेपाली काँग्रेसका सचिव आनन्द घिमिरे, नेकपा माओवादीका ईञ्चार्ज मोहनहरी पौडेल, राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठ, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी भण्डारी, लमजुङ उद्योग बाण्ज्यि संघका अध्यक्ष भेषबहादुर पौडेल, कार्याशालाका श्रोतव्यक्ति राजेश गोंगजु, घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष पे्रम घले, निर्देशक समाजका सल्लाहकार लक्ष्मीनाथ शर्मा, निर्देशक राजेन्द्र सलभ, निर्देशक समाजका उपाध्यक्ष शुभाष गजुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रममा कार्याशालाका अवसरमा निर्माण गरिएका ८ वटा छोटा चलचित्र प्रर्दशन गरिएको थियो । आठवटा चलचित्र मध्ये पशुपति समुहले तयार गरेको चलचित्र मनसरी लाई छनौट समितिले उत्कृष्ट ठहर गरेको छ । छनौट समितिमा कार्याशालका श्रोतव्यक्ति राजेश गोंगजु, वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा र पत्रकार महासंघ लमजुङका सचिव नविनराज कुईंकेल रहेको बताईएको छ ।

एउटै गाउँमा भएर पनि अपाङ्गताका कारण ८ वर्षदेखि देखभेट हुन नसकेका बृद्ध उमेरका दिदीभाइको कथाबस्तुलाई चलचित्र मनसरीमा समावेश गरिएको छ । उत्कृष्ट चलचित्र निर्माण गर्ने समुहलाई काठमाडौंमा पुरस्कृत गरिने र कार्याशालाका सहभागिलाई प्रमाणपत्र प्रदान गरिने निर्देशक समाजले बताएको छ ।
निर्देशक समाजका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक अग्रज केसीले सहजीकरण गर्नुभएको थियो ।

फिल्मी अपडेटका लागी लमजुङ शहकर्मी र नब नायिका शिमा शाही ठकुरी
0 comments:
Post a Comment