123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:23 AM
0
२०६९-०८-०१
फिल्मी अपडेट्,बलियुड ब्युरो

बलिउड नायिका करिना कपुर नायक सैफ अली खानसँग विवाह बन्धनमा बाँधिएको धेरै भएको छैन । अहिले भने बलिउडकी अर्की नायिका विद्या बालनको पनि यसैवर्षको डिसेम्बरमा बिहे हुने समाचार बाहिर आएको छ । विद्याको विवाह युटिभीका म्यानेजिङ डाईरेक्टर सिद्धार्थ राय कपुरसँग हुने खबर बाहिर आएको हो । उनीहरुको विवाह डिसेम्बरमा हुने लागेको स्रोतले दाबी गरेको छ । तथापी यस विषयमा विद्या र सिद्धार्थको जोडीले भने मिडियामा केही बताएका छैनन् ।

विद्याले सिद्धार्थसँग करिब २ वर्षअघि डेटिङ सुरु गरेकी थिइन् । त्यतिबेला गोप्य राखिएको यो सम्बन्धलाई विद्याले यसैवर्ष खुलासा गरेकी थिइन् भने आफूहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको पनि बताएकी थिइन् । स्रोतका अनुसार विद्या र सिद्धार्थको बिहे डिसेम्बरको दोस्रोसाता तय भएको दाबी गरिएको छ । तर, यसको आधिकारीक पुष्टी भने भएको छैन । स्रोतले विवाहको लागि यो जोडीले तयारी समेत गरेको दाबी गरेको छ । विवाहपछि यो जोडी २ हप्ताको लागि विदेश जान लागेको पनि जनाइएको छ ।

तर, यो जोडीको विवाहको कुनै कुरा खुलाइएको छैन भने विद्या र सिद्धार्थको तर्फबाट पनि यसको पुष्टी नभएको जनाइएको छ । बलिउड फिल्म ‘द डर्टी पिक्चर’बाट बलिउडमा फरक पहिचान बनाएकी विद्याको उचाई बलिउडमा बढ्दो छ । –
LIKE on Facebook !!!

0 comments: