२०६९-०८-१६
फिल्मी अपडेट ,काठ्माण्डौ
दोहा,अन्तराष्टिय कलाकार मन्च (आइ.ए.एफ )कतारले एक दिने दक्षता अभिबृदी तथा तलिम कार्यक्रम संम्पन्न गरेको छ । रोजि रोटीको खोजिमा कतार आएर आफ्नो नियमित ड्यूटीका बाबजुद नेपाली कला र संगित संम्बर्धनमा सक्रिय ३० जानालाई शुक्रबार उक्त तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कतारमा सक्रिय कलाकारहरु उद्दब राई, भानु शर्मा तथा बिष्णु कार्कीले कला क्षेत्रमा लाग्दा आफुले भोगेका अनुभबहरु शेयर गरेका थिए ।

प्रशिक्षक प्रबिण राईले अभिनयको बारेमा जानकारी गराउंदै अभिनय गर्दा ध्यान दिनुपर्ने कुराहरुका संम्बन्धमा प्रशिक्षण दिएका थिए । निर्दैशक समेत रहेका भबिन्द्र तमाडले म्युजिक भिडियो तथा चलचित्र निर्माण गर्दा ख्याल गर्नुपर्ने बिषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
संन्चारकर्मी एबं मन्चका संरक्षक निराजन भण्डारीले नेपाली गित संगितको ऐतिहासीक परिचय गराउंदै उद्घोषण गर्ने कला एबं शैलीको बारेमा जानकारी गराउंदै कार्यक्रमा सफलता पुर्बक संचालन गर्ने उदघोषकले खेल्नु पर्ने भुमिकका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ं प्रशिक्षक एबं सहभागी हरुलाई मन्चका सल्लाहकार सागर नेपालले प्रमाणपत्र बितरण गरेका थिए ।
यसैबिच मन्चका कार्य समिती सदस्य राज न्यौपाने कतार छोडी बहराइन गएकोले उनको स्थानमा कलाकार एबं सन्चारकर्मी दिनेस खड्कालाई मनोनयन गरेको मन्चले जानकारी गराएको छ । अमेरिकामा मुख्यालय रहेको अन्तराष्टिय कलाकार मन्चको हाल बिश्वका २९ देशमा शाखा रहेका छन भने कतार २८औ शाखा हो । कतार शाखाको अध्यक्षमा चर्चित नायीका सोभिता सिखडा रहेकी छिन । कतारमा बस्दै आएकी सिखडा अभिनयको क्रममा हाल नेपालमा छिन ।
0 comments:
Post a Comment