123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:06 PM
0


२०६९-०८-१३

फिल्मी अपडेट्, एजेन्शी

आफ्नो मोटोजस्तै देखिने गोलो शरिरले सुन्दरी नायिकामा दरिएकी उनलाई केही दिनअघि मात्रै उनले बिज्ञापन खेल्ने एक लुगा कम्पनीले तौल घटाउन भनेको थियो ।
आफूले प्रबद्र्धन गर्दै आएको एक लुगा कम्पनीले तौल घटाउन आग्रह गरेपछि भारतीय अभिनेत्री सोनाक्षी सिंहको पारो तातेको छ ।

लुगा कम्पनीको यो आग्रहलाई सोनाक्षी रिसाएकी मात्र छैनन्, व्यक्तिगत जीवनमाथिको हस्तक्षेप भनेर प्रतिक्रिया दिएकी छिन् । दुब्लो पातलो शरिर बनाउन मरिमेट्ने बलिउड नायिकाबीच उनको शरिरको चर्चा हुने गरे पनि यसअघि कसैले पनि उनलाई तौल घटाउने सुझाव दिएका थिएनन् । कसैले उनको तौलबारे कुरा निकाल्दा उनी अप्ठेरो महशुस गर्थिन् ।
अब सोनाक्षीले आग्रह स्वीकार्दै तौल घटाउँछिन् कि आग्रह मान्दिनन् भन्ने हेर्न त बाँकी छ । तर, आफ्नो आग्रह स्वीकार नगरे कम्पनीले उनको विकल्प खोज्ने पक्का जस्तै छ । रिलिज हुने तयारीमा रहेको चलचित्र दबङ–२ मा उनी सलमान खानसँगै देखिंदैछिन् भने लुटर चलचित्रमा उनी रनबीर कपुरसँग देखिने छिन् । वन्स अपन अ टाइम इन मुम्बई–२ मा उनी अक्षयसँगै आउँने छिन् ।

0 comments: