123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:14 AM
0

२०६९-०८-०४
फिल्मी अपडेट्,काठ्माण्डौ

एक वर्षअघिसम्मका व्यस्त अभिनेत्रीहरु अहिले फुर्सदिला छन्। अरुणिमा लम्साल, उषा पौडेल, सञ्चिता लुइँटेल, नन्दिता केसी, रेजिना उप्रेती, ऋचा घिमिरे, रञ्जना शर्मा र युना उप्रेती फिल्मबाट टाढिँदैछन्। अमेरिकाबाट फर्केको महिना दिन बित्दा पनि अरुणिमालाई अभिनयको अफर आएको छैन। ‘म फर्केको धेरैलाई थाहा नभएकाले पनि हुनसक्छ फिल्मको काम भइरहेको छैन्,’ उनले भनिन्। तिहारपछि भने एउटा फिल्मको कुरा भएको उनले जानकारी दिइन्।
अर्की अभिनेत्री नन्दिता केसी पनि आजकाल फुर्सदमै छिन्। ‘फिल्मका कुरा आए पनि खासै सोचेअनुसार स्त्रि्कप्ट नभेटिएपछि साइन गरेको छैन। बरु म्युजिक भिडियो र विज्ञापनकै काम गरिरहेकी छु,’ आफूलई म्युजिक भिडियोमा व्यस्त बताउने बहाना मिलेको छ उनलाई।

अंग्रेजी नयाँ वर्षको अवसरमा कार्यक्रम गर्न उनी बेलायत जाने तयारीमा छिन्। ‘दुई महिनाको कार्यक्रमको तयारी गरिरहेको छु। दशैंमा विरामी भएकाले आराम गरिरहेको छु,’ उनले भनिन्।
अभिनेत्री रेजिना उप्रेती हाल सांस्कृतिक कार्यक्रममा सहभागी हुन बेलायत पुगेकी छिन्। रञ्जना शर्मा र युना उप्रेती अमेरिकामै घरजम गरेर बसेका छन् भने र सञ्चिता लुइँटेल र उषा पौडेल भारतमा भविष्य खोज्दै छन्।
‘हमेशा’ फिल्मको सुटिङमा व्यस्त रेखा थापा नेपाली फिल्ममा राम्रो अभिनय गर्ने अभिनेत्रीहरुको अभाव भएको बताउँछिन्। ‘अभिनेत्रीहरुमा आत्मविश्वासको कमी र राम्रो अभिनय गर्ने क्षमता नभएकै कारण विस्थापित हुँदैछन््,’ उनले भनिन्। फिल्मबाहेक हाल नेपाल भारत मैत्री संघअन्तर्गत् कार्यक्रममा समेत उनी व्यस्त छिन्।
‘मेरो समकालिन सहकर्मी र अहिलेका अभिनेत्रीहरु ३० वर्षको हाराहारीका छन्। अहिले विवाह गरेपछि पनि काम गर्न सकिन्छ,’ उनले भनिन्। हाल चलेका केही अभिनेत्रीबाहेक अन्यले पनि खासै केही गर्न नसकेको उनी बताउँछिन्। ‘हाम्रो अभिनयले गर्दा दर्शकले चिन्ने हुँदा अभिनयलाई ध्यान दिनुपर्छ। आफूले राम्रो काम गरेपछि भाग्य आफै बन्छ। अभिनेत्रीको संकट टार्न प्रतिवद्ध नयाँको पनि आगमन भइरहेको छैन,’ उनले भनिन्।


अभिनेत्री नम्रता श्रेष्ठको व्यस्तता फिल्ममा भन्दा वर्कशपमा बढी छ। ‘अचेल अभिनय प्रशिक्षण लिइरहेको छु। आफ्नो अभिनय शैलीलाई सुधार्न ध्यान दिन थालेकी छु,’ तिहारलगत्तै ‘मेघा’ नामक फिल्मको सुटिङमा उनी व्यस्त हुने भएकी छिन्।

वर्कसप, स्त्रि्कप्ट अध्ययन र सामाजिक कामलाई उनी व्यस्तताको कारण बताउँछिन्। शिक्षा नेपालमार्फत ग्रामीण क्षेत्रका बालबालिकालाई किताब बाँड्ने अभियानमा समेत उनी व्यस्त छिन्। अभिनेत्री निशा अधिकारीको पनि फ्लोरमा फिल्म छैन। अहिले उनको अगाडि ‘सुनगाभा’ फिल्मको प्रमोसनको काम छ। ‘केही फिल्मको स्त्रि्कप्ट पढिरहेकी छु। म्युजिक भिडियो कमै गरेकी छु,’ उनले बताइन्।
ऋचा शर्मालाई अहिले ‘उमा’ फिल्मले व्यस्त बनाएको छ। उनले १० महिनापछि यो फिल्ममा काम गरेकी हुन्।

‘बितेका पल’ फिल्ममा व्यस्त रहेकी केकी अधिकारीले म्युजिक भिडियोलाई कम गरेकी छिन्। ‘अहिले पढाइलाई ध्यान दिइरहेकी छु। त्यसबाहेक फिल्मको काम पनि हुँदैछ। म्युजिक भिडियोमा त्यति छैन म,’ उनले भनिन्। ‘फिल्मसम्बन्धी टेक्निकल शब्दहरु बुझ्नै पर्ने हुँदा अभिनय सिक्नैपर्छ भनेर प्रशिक्षण लिने भएकी हुँ,’ केकीको भनाइ छ।


Help by -Nagariknews



0 comments: