२०६९-०८-१५
फिल्मी अपडेट ,काठ्माण्डौ
आज सुक्रबार बाट २ नेपाली कथानक चलचित्रहरु प्रदर्शनमा आएका छन ,तर कस्ले जित्ने हो बाजी"चन्द्रावती" कि "मेरो जीवन साथी"?

देशभरका करिब ७० हलमा मंसिर १ गतेबाट रिलिज भएकोचलचित्र "लंका" ले दोस्रो साताको यात्रा तय गरेको थियो गत हप्ता र अब यो हेर्न बाँकी छ यो हप्ताको टिक्ने हो दुई हप्ता सम्म चलचित्र बजारमा ।
चलचित्र "लंका" शुक्रबार र शनिबारको व्यापारले होल्डओभर बचाउन सफल भएपछि दोस्रो सातामा पनि "लंका" नै प्रदर्शन भएको हो र गत शुक्रबार भने नेपालि कथानक चलचित्र "एटिएम" प्रदर्शन मा आएको थियो र यो चलचित्र बिबादमा तानिएपछी प्रदर्शनमा रोक लगाएको थियो ।
लंका दोस्रो सातामा पुगे लगतै मंसिर ८ गते प्रदर्शन हुन तम तयार भएको चलचित्र "चन्द्रावती" मंसिर १५ गतेको लागि जुर्न पुगेको हो ।
"मेरो जीवन साथी"

राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्कीको साथमा रागिनी खड्गी र शिबन अधिकारीको समेत अभिनय रहेको यो फिल्मलाई युवानिर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने निर्माण सूर्य कार्कीले गरेका हुन् ।
"चन्द्रावती'
निर्देशक राजु गिरिको निर्देशनमा तयार भएको चलचित्र चन्द्रावती आज सुक्रबार बाट प्रदर्शनमा आएकोछ । गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको फिल्म ‘चन्द्रावती’ राजु गिरीले निर्देशन गरेका हुन् चलचित्रमा राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् ।

अर्को तर्फ मंसिर १५ अर्थात आज बाट क्यू सिस्टमबाट नै प्रदर्शन हुने भनिएको नेपालि कथानक चलचित्र "भूल भए माफ गर" छनोट प्रक्रियाबाट मंसिर २२ रिलिज हुने चलचित्र "थ्री लभर्स" पछि रिलिज हुने पक्का भएकोछ ।
स्मरण रहोश दुबै चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल भएकाले यि दुई चलचित्रको प्रदर्शन प्रक्रियाको तालमेल मिलाईएको हो ।
0 comments:
Post a Comment