२०६९-०८-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
सेन्सर बोर्डको कडाई सबैले धमाधम पाउदैछन पि जि
पछिल्लो क्रममा नेपालि कथानक चलचित्र को सेन्सरमा लापरबाही र नेपालि चलचित्रले भद्दा , नेपालि समाजलाई अपाच्य प्रबृत्तिको चलचित्र निर्माण भएको भन्दै सेन्सर बोर्ड कडा रुपमा देखापरेकोछ ।
गत केहि दिनमा आफ्नो चलचित्र सेन्सर गर्न हिडेका थुप्रै चलचित्रका निर्देशक ,निर्माता सेन्सर बोर्ड संग रुस्ट देखिएका थिए यद्दपी ति मध्य कुनैले आफ्नो चलचित्रलाई सेन्सर पाश पनि गराए भने कति संसारमा नै अड्केर बसेकाछन ।
सेन्सर कै कुरा गर्दा आफुले पनि धरै नै दु:ख पाएको बिचार पोख्छन निर्माता राम प्र प्रधान । नेपालि कथानक चलचित्र "कोहि त छ " निर्माण गरेका प्रधानले आफुले पनि सेन्सर कै कारण अनायासायै आफ्नो चलचित्रको ३५ सेकेण्डको जुलुशको सिन काट्नुपरेको गुनाशो पोखे ।
"जुलुशको सिनमा नेपाल प्रहरी पनि देखियो भनेर सेन्सर बोर्डले त्यो सिन काटेर हामीलाई पी जी सर्टिफिकेट हातमा थमाई दियो" उनले भने ।
अब चलचित्र "कोहि त छ " लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

तेस्तै अब कुरा गरौ नेपालि कथानक चलचित्र "थ्री लभर्स" को ।
थ्री ब्रदर्श क्रियशनले निर्माण गरेको चलचित्र "थ्री लभर्स" ले पनि सेन्सरमा दु:ख नै पायो भन्दा पनि हुन्छ ।
"पछिल्लो समय आएका केहि भल्गर चलचित्रको शिकार आफ्नो चलचित्र भएको बताउदै निर्देशक सुरेश दर्पण पोखरेलले भने, 'मेरो चलचित्रमा कुनै आपत्ति नहुने सिनमा पनि बोर्डले आपत्ति जनाउँदा निकै अचम्म लाग्यो। मलाई लाग्छ यो सबै पछिल्लो समय आएका केहि भल्गर चल्चित्राओ परिणाम हो ।'

सेन्सर बोर्डका प्रतिनिधिहरुले पहिलो पटक चलचित्र हेर्दा नायिका प्रियंका कार्की सहित केहि मोडलहरूले लगाएको पहिरनमा आपत्ति जनाउनुका साथै चलचित्रमा राखिएको एउटा बेड सिन र किस सिनलाई छोट्याउन सेन्सरले आग्रह गरेर निर्माण पक्ष्य सहमतिमा आएका थिए र अन्ततगत्व चलचित्र थ्री लभर्स' लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दियो ।
अब अन्तिममा कुरा गरौ चलचित्र "लभ यू म्यान" को
नेपालि चलचित्रको ईतिहाशमा सेन्सर बोर्ड अहिले जतिको कडा पहिले कहिले पनि नभएको बताउछन चलचित्रकर्मिहरु ,र यसो भन्दै गर्दा आखिर यो सब हुनुको पछाडी दोषी पनि तिनै चलाचित्रकर्मीहरु नै देखिन्छन यसमा कुनै दुई मत छैन ।

प्रशङ्ग जोडौ चलचित्र "लभ यू म्यान" को पुरुष समलिंगीमा आधारित चलचित्र भएको कारण सेन्सर बोर्ड नै चलचित्र हेरि सके पछि अलमल्लमा परेकाछन ।
यतिखेर सेन्सर बोर्ड चलचित्र "लभ यू म्यान" लाइ सेन्सर पास गरौ कि नगरौ भन्ने दोधारमा फसेको छ ।
यद्दपी चलचित्र "लभ यू म्यान" को लागि सन्चार मन्त्रालयमा बैठक पनि बशेको खबर स्रोतले बताएको छ तर सेन्सरको बिषयमा भने बोर्ड ,मौन नै ।
स्मरण रहोश चलचित्र "लभ यू म्यान" आगामी सुक्रबार बाट सार्बजानिक प्रदर्शन हुदैछ ।
समाजमा हुन सक्ने एउटा बिषय बस्तु पुरुष समलिंगीको बिषयलाइ उठान गरि बनाइएको यो चलचित्र "लभ यू म्यान" लाई सेन्सरले रिलिजको लागी छुट दिने हो होइन भन्न सकिने अवस्था छैन । चलचित्र लाई बि बि फूयालले निर्देशन गरेका हुन ।
0 comments:
Post a Comment