123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:58 AM
0



२०६९-०९-१३
फिल्मी अपडेट ,काठ्माण्डौ

FRIDAY FILM RELEASE तिन चलचित्र पर्दामा
गत सुक्रबार दुई नेपालि कथानक चलचित्रहरु  प्रदर्शन भएको नेपालि चलचित्र बजारमा यो साता दर्शकहरुले छानी छानी तिन चलचित्र हेर्न पाउने भएकाछन यद्दपि एसो हुँदा कुन चाँही चलचित्र सेफ हुने र कुन चलचित्र स्थिर हुने हो यो भने हेर्ना बाँकी नै छ ।
फ्राइडे फ्लिम रिलिज अन्तर्गत आज सुक्रबार देशभर तिन चलचित्रहरु प्रदर्शनमा आएकाछन्
 ‘धन्दा’
 'बन्दी'
 ‘तिमिले दिएको माया’





‘धन्दा’
सुदर्शन थापा निर्देशित चलचित्र "धन्दा"क्यू.एफ.एक्स, बिग, सिङ्गल एण्ड मल्टिपेल्क्स गरी लगभग ५० वटा हलहरुबाट प्रदर्शनमा आएको छ । मानव जीवनमा घट्ने एउटा घटनालाई मुख्य रुपमा उठाएको यस चलचित्रमा अर्पण थापा लाई लिड क्यारेक्टरमा देख्न सकिन्छ यद्दपि चलचित्र ‘धन्दा’ मा समुना के.सी, पुष्करमणी नेपाल, धु्रव गुरुङ, शुभेच्छा थापा लगातकाको अभिनय पनि रहेको छ । निर्देशक सुदर्शन थापा र बाबुराम दाहालको संयुक्त लगानी रहेको यस चलचित्र‘धन्दा’ ले ब्यापार कस्तो गर्ने हो यो भने  हेर्न बाँकी छ तर चलचित्रबाट भने नेपालि फिल्म मेकरहरुले राम्रै आशा राखेकाछन ।चलचित्रमा सुगम पोखरेलको संगीत एवम शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।


‘तिमिले दिएको माया’
आज सुक्रबार बाट नै अर्को चलचित्र पनि प्रदर्शनमा आएको छ र चलचित्र हो‘तिमिले दिएको माया’।
सुनिता शर्मा र रेशु ढुङ्गानाको संयुक्त लगानी रहेको चलचित्र ‘तिमिले दिएको माया’पनि आज्ञा बाट नै बजारमा उत्रेकोछ । चलचित्र लाई विजय केरुङले निर्देशन गरेका हुन् । राज तिमल्सेना, निता ढुङ्गाना, सुवास मेचेको आदिको प्रमुख अभिनय र राम जनकको द्धन्द्ध निर्देशन अनि महेस खड्काको संगीत रहेको यस चलचित्र ‘तिमिले दिएको माया’ लाई पनि फिल्मी अपडेटको तर्फ बाट सुभकामना राम्रो ब्यापार गरोश चलचित्रले ।




'बन्दी'
अब चर्चा गरौ मोफसलबाट राजधानी पसेको चलचित्र "बन्दी " को  । आज बाट राजधानीको पर्दामा चलचित्र "बन्दी प्रदर्शन भएको छ । स्मरण रहोस चलचित्र  मार्फत नायिका संचिता लइँटेल नेपालि दर्शक मार्फत पर्दामा पुन देखा पर्दैछिन् ।  नायक आर्यन सिग्देल पनि लिड क्यारेक्टरमा देखिएको यस चलचित्रमा आर्यन र संचिता को राम्रै जोडी हेर्न सकिन्छ ।


0 comments: