२०६९-०९-१७
विष्णु शाही, नेपालगञ्ज,बाँके
"धन्दा"लाई पश्चिममा ठुलो धक्का / दर्शक झुक्किए
गत शुक्रवार अर्थात पौष १३ गतेवाट एकैसाथ नेपालभर प्रर्दशनमा आएको चलचित्र हो "धन्दा" र "तिमिले दिएको माया" दुवै चलचित्र नेपालका विभिन्न हलहरुमा प्रतिस्पर्धा गरिरहेका छन । सुदर्शन थापा र वावुराम दाहालको निर्माणमा सुदर्शन थापाले निर्देशन गरेको धन्दा ले पश्चिमका प्राय सवै हलहरुमा राम्रो धन्दा गर्न सकेन । रिलिज डेट संगै पश्चिममा प्रर्दशनमा आएको धन्दालाई पश्चिमेली दर्शकले साथ दिएनन । आइतवार पहिलो सोमा धन्दा हेर्न ७ सय वढि सिट क्षमता भएको दाङको विष्णु चलचित्र भवनमा ४० जना मात्र दर्शक आएका थिए । त्यस्तै १ हजार सिट क्षमता भएको नेपालगञ्जको वागेश्वरी हलमा ६० मात्र दर्शक आएका हल म्यानेजर विएन चटर्जीले वताए । उनले सोमावार र मंगलवार पनी दर्शक कम आए सिनेमा उतार्ने समेत वताए । त्यस्तै ५ सय वढि सिट क्षमता भएको धनगढीको चन्दन टाकिज हलमा पनी १० जना मात्र दर्शक आएको हल म्यानेजर मनोज थापाले जानकारी गराए ।

प्राय पश्चिमका अन्य स्थानमा समेत दर्शकको राम्रो साथ पाएन धन्दाले । नेपालगञ्जको वागेश्वरी चलचित्र भवनमा आएक दर्शकलाई फिल्म हेर्न किन दर्शक कम आएका होलान भन्ने प्रश्नमा उनीहरुले यो फिल्म कहिले चल्ने थाहा थिएन हामी त तिमीले दिएको माया चलचित्र हेर्न आएका थियौ त्यसको गित धेरै मन परेर तर त्यो फिल्म लागेको रहेनछ तेतिकै फर्कन भन्दा यो फिल्म हेरौ भनेर हामीहरुले हेरेका हौ उनीहरुले वताए । यो फिल्मको नाम नै दोहोरो अर्थ दिने भएको कारण दर्शक अन्योलमा परेको वताउदै नेपाली चलचित्रका निर्माताहरुले मोफसलमा प्रचार प्रसार नगर्दा यस्तो समस्या आएको विगट ६ दशकदेखी हल सञ्चालन गर्दै आएका विएन चटर्जीले वताए । मानसिक असन्तुलन भएको एक व्यक्तिको चित्रण गरिएको फिल्ममा अर्पण थापा, समुना केसीको मुख्य भुमिका रहेको छ । निर्माता तथा अभिनेता एबम डि सी एन संचालक अशोक शर्माले भने " चलचित्र धन्दाले मल्टिप्लेक्स हलहरुमा भने रार्मो ब्यापार मात्र गरेको नभएर नयाँ रेकर्ड कायम गरेको छ " बताउछन संचालक शर्मा ।
त्यस्तै सुनिता शर्माको निर्माण, विजय केरुङको निर्देशन रहेको फिल्म भने पश्चिमका हलहरुमा पौष २९ मा आउदै छ । सामाजिक साथै पारिवारिक कथा वोकेको चलचित्रमा राज तिमिल्सेना, सवाश मेचे, निता ढुङगानाको प्रमुख भुमिका रहेको छ । चलचित्रका सल्लाहकार भने सुबोध शर्मा हुन उनी सिनेमा प्रर्दशन संगै नेपालगञ्ज पौष २० मा आउने वताएका छन ।
BISHNU SHAHI
PROGRAMME CHIEF
RADIO HIMAL FM 92.8 MHZ
NEPALGUNJ, BANKE
0 comments:
Post a Comment