फिल्मी अपडेट ,काठ्माण्डौ
नेपालि चलचित्रलाई सम्मान र नेपालि चलचित्र जगतको हित चाहने र हाल अमेरिका बस्दै आएका,चलचित्रकर्मी तथा निर्देशक सूर्य बोहराले मुलुकभित्रै निर्माण गरेको चलचित्र 'मुटु' अमेरिका र युरोपका केहि स्थानहरुमा हाल प्रदर्शन गर्दै आएका छ यद्दपी चलचित्र 'मुटु' को नेपालमा सार्बजानिक प्रदर्शनको मिति भने तय भएको छैन । सूर्य बोहराकै लेखन, निर्देशन र निर्माण रहेको चलचित्र 'मुटु' ले बिदेशमा भने राम्रो प्रशंसा पाएको छ ।
टेक्ससको राज्धानी अस्टिनमा चलचित्र 'मुटु' हेरेर फर्केका नेपालि दर्शकहरुले दिएको प्रतिक्रिया को भिडियो रिपोर्ट .
"नेपाल बाहिरका बिभिन्न शहरमा नेपाली दर्शकहरुले चलचित्र 'मुटु' मन पराउनु भएको छ म एक्दम खुशी छु र यो चलचित्रले नेपालमा पनि राम्रो स्थान लिन्छ र नेपालि चलचित्रको बजार फेरी एकपटक तताउँछ भन्नेमा म बिसोस्त छु ,
र नेपालि चलचित्रले दर्शकहरुले मुटु छुन नसकेको अबस्थामा अब दर्शकहरुको मुटु चलचित्र 'मुटु' ले छुन्छ र नेपालि चलचित्र को बिग्रदो बजारलाई सहि गति अब चलचित्र 'मुटु' ले दिन्छा प्रतिक्ष्या गर्नुहोश" निर्देशक तथा निर्माता ।

एभरेस्ट कलायात्रा फिल्म्सको ब्यानरमा निर्मित चलचित्रमा मुलुकभित्र र बाहिर रहेका नेपालीहरुको संघर्ष को जिबन कथा समेटिएको छ निर्देशक तथा निर्माता बोहराले फिल्मी अपडेटसंग भने ।

यसअघी बोहराले 'अग्निपरीक्षा' र 'कान्छा' बनायका थिए भने उनको पछिल्लो चलचित्र 'मुटु' हो । वसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, सुरेन्द्र शाह र गम्भीर विष्टको नृत्य, सूर्य थोकरको द्वन्द्व, शेरबहादुर लामाको छायांकन र मित्र गुरुङको सम्पादन रहेको फिल्ममा केकी अधिकारी, मुकेश आचार्य, विमलेश अधिकारी, नीला बस्नेत, विशाल पहाडी, सुरेन्द्र शाह, सुप्रेम शाह लगायतको अभिनय छ ।
0 comments:
Post a Comment