२०६९-०९-१५
प्रणप सुबेदी ,काठ्माण्डौ
महानायक हमालाले पाए उदघाटनको जिम्मा / हमाल शनिबार सर्लाही जाँदै
पछिल्लो समयमा सर्लाही जिल्लामा नेपालि चलचित्रकर्मिहरुको बढीनै रुचि बढ्न थालेको छ ।
चाहे चलचित्रको गीतको सुटिङ् होस् चाहे चलचित्रको सुटिङ् नै किन नहोस नेपालि चलचित्रकर्मीको आँखामा सर्लाही जिल्ला अग्र स्थानमा रहेको छ ।
नेपालि कथानक चलचित्र "प्ले गर्ल","लंका" ,"दम" लगायत थुप्रै चलचित्रको छयांकन भैसकेको सर्लाही जिल्ला नेपालि कलाकारहरुको गृहनगर पनि हो भन्दा फरक नपर्ला एसको उद्हारण हो नायक निखिल उप्रेती ,नायक निखिल को पनि पूर्व सर्लाही नै हो ।

अब प्रसँग जोडौ महानायक राजेश हमालको ,
महानायक राजेश हमाल पनि अब सर्लाही जिल्ला जाने भएका छन् । उनि सर्लाही जिल्लामा चलचित्रको सुटिङ्को लागि नभै बिगत धेरै समय देखि आफ्नो सहयोगीका रुपमा काम गर्दै आएका सहयोगी रोशन हमाल निर्देशित चलचित्र "रङ"को बिशेष शो मा सहभागी हुन हमाल तेस तर्फा जाने भएका हुन् ।

चेतना सन्देश नेपाल सर्लाहीको द्धन्द पिडीत बाल गृहका बालबालिकाहरुको सहयोगार्थ नेपालि कथानक चलचित्र "रङ"को प्रिमियर सर्लाहीमा गर्न लागिएको हो । स्मरण रहोश सर्लाहीमा हुन लागेको यो प्रिमियर सर्लाही को इतिहाशमा पहिलो हो ।
सर्लाहीको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरमा आगामी माघ ६ गते शनिबार दिउँसो २ बजेचलचित्र "रङ"को बिशेष शो हुन लागिएको हो । आफ्नो बेस्तताको बाबजुद हमाल सर्लाही भने एक दिन मात्र बस्ने भएका हुन् उनि शनिबार बिहान सर्लाही पुग्नेछन भने आईतवार फर्कने कार्यक्रम तय गरिएको छ यद्दपी हमालले आईतवार सोही संस्थाको नब निर्मित पस्तकालयको पनि उद्घाटन गर्ने भएका छन् ।
0 comments:
Post a Comment