फिल्मी अपडेट ,एजेन्सी
रेडियो कार्यक्रम प्रस्तोता बनिन करिश्मा
बलिउडको एक समयमा शीर्ष अभिनेत्रीहरुको सुचीमा पर्ने करिश्मा कपुर अब भने रेडियो कार्यक्रम प्रस्तोता बनेकी छिन् । करिश्मा भारतको ‘बिग एफएम’मा कार्यक्रम प्रस्तोता बनेकी हुन् ।

उनी त्यस एफएममा डिसेम्बर २४ देखि मार्च २४ सम्म कार्यक्रम प्रस्तोताका रुपमा रहने जनाइएको छ । करिश्माले आफ्नो यस नयाँ कामबाट निकै खुशि भएको प्रतिक्रिया दिएकी जनाइएको छ ।
सन् १९९१ मा फिल्म प्रेमकैदीबाट बलिउड यात्रा सुरु गरेकी करिश्मा चर्चाको शिखरमा पुगेकी अभिनेत्री हुन् । तर, सन् २००३ मा विवाह बन्धनमा बाँधिएपछि फिल्मी दुनियाँबाट टाढा भएकी उनी पछिल्लो पटक फिल्म ‘डेन्जरस ईश्क’बाट बलिउडमा पुनरागमन गरेकी थिइन् ।
तथापी उनको फिल्म सुपरफ्लप हुन पुग्यो । पहिले जस्तो काम नभएकी र नपाएकी करिश्माको कार्यक्रम प्रस्तोताको भूमिका भने कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ ।
0 comments:
Post a Comment