फिल्मी अपडेट ,काठ्माण्डौ
नेपाली चलचित्र उधोगको कथा चलचित्र "स्टार"
नेपालि कथानक चलचित्र 'स्टार' को प्रोमोश्नल गीत रिलिज गरिएको छ ।

समग्र नेपाली चलचित्र उधोगको कथा र नेपाली चलचित्र उधोगको पाटो लाई समेटेर निर्माण गरिएको छ चलचित्र 'स्टार' ।
रिलिज गरिएको गीतमा मनिषा पात्र मा नायिका सुमिना घिमिरे छिन र साथमा नव कलाकार श्याम घिमिरेको आकर्षक डान्स देख्न सकिन्छ । गीतमा कोरियोग्राफर कविराज गहतराजले नायिका घिमिरेलाई निकै हट बनाई प्रस्तुत गरेका छन ।
सर्वज्ञमान शाक्यले कम्पोज गरिएको यस गीतले नायिका घिमिरेको भुमिकालाई केहि हदसम्म प्रस्ट्याउने छ। निर्देशक महेन्द्र बुढाथोकीको अनुशार।
सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण गरेको चलचित्र "स्टार"लाइ फाल्गुन महिनाको अन्त्य तिर रिलिज गर्ने तयारीमा निर्माण पक्ष्य जुटेको छ ।
चलचित्र "स्टार"लाइ निर्देशक महेन्द्र बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण गरेका हुन् चलचित्रमा मनिषा चलचित्र उधोगकी चर्चित नायिका मनिषा बनेर नायिका सुमिना घिमिरे प्रस्तुत भएकी छिन भने अन्य कलाकारहरुमा श्याम घिमिरे, निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती, रूपा खनाल लगायतकाको प्रमुख अभिनय रहेको छ ।
0 comments:
Post a Comment