123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:33 PM
0
२०६९-०८-२६ 
फिल्मी अपडेट्,काठ्माण्डौ

"खुर्पा" हैन अब "काले" अब त । 
दुर्गम भेगमा व्याप्त अशिक्षा, अन्याय र अत्याचार जस्तो यथार्थ घटनामा आधारित रही बन्न लागेको नेपाली कथानक चलचित्र "खुर्पा" को गत केहि दिन अगाडी शुभ मुहर्त कार्य सम्पन्न गरिएको थियो  । नेपालको कर्णाली भेगका स्थानियहरुको दु:ख पिडालाई चलचित्रमा उतार्ने र  विकासका लागी दवाव दिने उदेश्यले ‘खुर्पा’ बन्न लागेको यसका निर्माण पक्ष ले जानकारी गरेका थिए भने अब यहि खुर्पा परिवर्तन भई ‘काले’ भएको छ ।
केहि दिन अगाडी  राजधानीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पहिलो नाम चलचित्र "खुर्पा"  र अहिलेको नाम चलचित्र ‘काले’को  मुहुर्तगरेका थिए  ।

चलचित्रको नाम किन "खुर्पा" हटाएर  ‘काले’ भो भन्ने बारे बुझ्दा  "खुर्पा" नामबाट अर्कै व्यक्तिले चलचित्र निर्माणका लागि चलचित्र विकास वोर्डमा नाम दर्ता गरिसकेकोले आफुहरुले चलचित्रको नाम परिवर्तन गर्नु परेको बताए चलचित्र "काले " का निर्माण टिमले ।

आगामी मङ्सिर २७ गते बाट फ्लोरमा जान लागेको सो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहने र  जेनीशा केसी, दिनेश दुलाल, निस्तेज निरौला, विष्णुभक्त फुयाल् लगायतको अभिनय रहने छ ।

ब्रबिम फिल्म्स् मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको ‘काले’को प्रस्तुतकर्ता महेश गिरी हुन् साथै  लेखन तथा निर्देशन उद्धव अविदितले गर्दैछन । चलचित्र  ‘काले’मा संगीत सुरेश अधीकारी को रहने छ  ।

0 comments: